साताका समाचार : संसदमा सरकारी बेवास्तादेखि वाफ महिला फुटबलमा जबरजस्त प्रदर्शनसम्म | Khabarhub Khabarhub

साताका समाचार : संसदमा सरकारी बेवास्तादेखि वाफ महिला फुटबलमा जबरजस्त प्रदर्शनसम्म


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताका मुख्य घटना समेटेर ‘साप्ताहिक ब्रिफिङ’ पस्कँदै आएको छ । यो साताको मुख्य घटनामा राजनीतिक, आर्थिक तथा खेल गतिविधिले चर्चा पाए ।

यो साता विशेष गरी नेपाली महिला फुटबल टिमले साउदी अरबमा भएको वाफ वुमन्स च्याम्पियनसिपमा गरेको प्रदर्शनले चर्चा पायो । अनी घरेलु मैदानमा नेपाली क्रिकेट टिमको निराशाजन प्रदर्शन पनि चर्चाको विषय बन्यो ।

बजेटमाथिको छलफलका लागि बजेटको प्राथमिकता तथा सिद्धान्त संसदमा पेस भएको खबरदेखि लद्युवित्त पीडित संसदभित्र प्रवेशसम्मको खबर पनि यो साताको चर्चामा रह्यो । सभामुखले निरन्तर रुलिङ गर्दा पनि प्रधानमन्त्रीले संसदमा जवाफ नदिएको खबरले पनि संसदलाई ततायो ।

सरकारलाई सभामुखको फेरि रुलिङ

प्रतिनिधिसभामा उठेको विषयबारे आगामी बैठकमा जवाफ दिन सभामुख देवराज घिमिरेले फेरि रुलिङ गरे।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलले सरकार जबाफदेही नबनेको आरोप लगाउँदै संसद् अवरोध गरेपछि सभामुखले फागुन २१ गतेको बैठकमा आज र यसभन्दा अघि बढेको विषयको जवाफ दिन रुलिङ गरेका हुन् ।यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् बैठकको सुरुमै विशेष समय लिएर प्रधानमन्त्रीको खोजी गर्न माग गरेको थियो ।

बजेटमाथि संसदमा नयाँ अभ्यास

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । सरकारले बजेटको प्राथमिकता तथा सिद्धान्त संसदमा पेश गरिसकेको छ । सोहीअनुसार अर्थ मन्त्रालयले आगामी बजेटको लागि विभिन्न समिति तथा उपसमितिमार्फत कर तथा गैरकरसम्बन्धी अध्ययन गरिरहेको छ ।

संसद् छिरे लघुवित्तपीडित

गठबन्धन सरकारले राजधानीका महत्वपूर्ण प्रशासनिक ठाउँमा निषेधाज्ञा लगाएको धेरै भइसक्यो । सिंहदरबार र संसद् भवन वरपर डोरी टाँगेर सर्वसाधारणलाई समेत हिँड्न रोक लगाइएको छ । तर, यही निषेधाज्ञाबीच फागुन १४ गते ४९ जना लघुवित्त पीडितहरू संसद् भवन परिसरमै छिरे र चर्को नाराबाजी गरे । गाउँबाट न्याय माग्न काठमाडौं आएका ४८ महिलाले सरकारको निषेधाज्ञा र सुरक्षा व्यवस्थालाई सजिलै तोडिदिए । सरकारले अहिले एक पुरुष र ४८ महिलासहित ४९ जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ । न्याय खोज्दै आएका उनीहरू माथि मुद्दा चलाउने सरकारको तयारी छ ।

संसद् भवन छिर्ने लघुवित्तका ऋणीहरू हाजिर जमानीमा छोडियो

संसद् छिरेका लघुवित्तपीडित भन्छन्– दुर्गा प्रसाईँलाई ‘नो इन्ट्री’

उपनिर्वाचन : २४ चैतमा मनोनयन दर्ता

आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । शुक्रबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २४ चैत्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

कर्मचारीलाई भटाभट मुद्दा, प्रशासनिक केन्द्रमा हलचल

कर्मचारीलाई मात्रै भ्रष्टाचारी ठहर गर्दै राजनीतिक नेतृत्वलाई उम्काउन थालिएपछि यतिबेला कुनै पनि ठूला निर्णयहरुमा हस्ताक्षर गर्न वा टिप्पणी उठाउन सरकारी कर्मचारीहरु डराउन थालेका छन् ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचारमा कर्मचारीहरुलाई दोषी देखाइए पनि राजनीतिक नेताहरुलाई भने जोगाउने काम भएको छ । अन्य मुद्दामा पनि कर्मचारीलाई सेक्ने र मन्त्रीलाई जोगाउने काम भएका छन् । जसको असर सिंहदरबारभित्र र देशैभरिको कर्मचारी प्रशासनमा परेको छ ।

फुटपाथ व्यापारीको काठमाडौंमा प्रदर्शन

महानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरूले काठमाडौंको सुन्धरामा प्रदर्शन गरेका छन् । राति आठ बजेपछि सुन्धारा क्षेत्रमा व्यापार गर्दा नगर प्रहरीले निर्घात कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरूले प्रदर्शन गरेका हुन् ।

काठमाडौंमा फुटपाथ व्यापारीद्वारा प्रदर्शन

सुन्धारामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच झडप

नेपाल आइडल अघि निर्णायकको स्पष्टोक्ति

नेपाल आइडलका निर्णायक न्यहूँ बज्राचार्यले मेनुका पौडेललाई आफूहरुले गरेको सहयोग नदेखेको प्रतिक्रिया दिएका छन् । नेपाल आइडलको पाँचौ संस्कारबारे जानकारी दिन सोल्टी होटलमा बुधबार आयोजनका गरिएको कार्यक्रममा बज्राचार्यले मेनुकाको प्रतिभाअनुरुप आइडलमा स्थान दिइएको स्पष्ट पारे । भोटिङका आधारमा उनी टप ११ बाट बाहिरिनुमा निर्णायकहरुको कुनै हात नभएको उनले बताए ।

प्रतिभा चिन्न नसकेको आरोपबारे के भन्छन् नेपाल आइडलका निर्णायक ?

वाफ च्याम्पियनमा नेपालको जर्बजस्त प्रर्दशन

वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले जर्बजस्त प्रदर्शन गर्यो । जसको फलस्वरुप नेपालले फाइनलमा जोर्डनको सामना गर्यो । बिहीबार राति भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै जोर्डनले छटौं पटक उपाधि जित्यो । साबित्रि भण्डारी बिना मैदान उत्रेको नेपालको प्रदर्शन भने अद्भूत रह्यो । निर्धारित समयमा २– २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा चुक्यो नेपाल, जोर्डनले जित्यो वाफ च्याम्पियनसिप

नामिबियाविरुद्ध नेपालको सङ्घर्षपूर्ण जित

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नामिबियालाई ३ रनले पराजित गर्यो । शुक्रबार भएको खेलमा नामिबियालाई हराउनु अघि नेपालले घरेलु मैदानमा लगातार पाँच खेल हारेको थियो । सिरिजमा एक खेल जितेसँगै नेपालले फाइनल सम्भावना कायम रोखेको छ ।

घरेलु मैदानमा नेपालको पुनरागमन जित

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ८ : ०८ बजे

रविको ‘हिरासत तस्बिर’ बारे अनुसन्धान गर्न प्रहरीले बनायो समिति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान

काठमाडौं – नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण

देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छाैं : मन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय देशभर

एनआरटी क्लब झापा कपको सेमिफाइनलमा

झापा – कप्तान अञ्जन विष्टको ह्याट्रिक गोलको मद्दतले एनआरटी क्लब

बङ्गलादेश र पाकिस्तानका नेताहरू सम्बन्ध बढाउन सहमत

कायरो । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले बिहीबार पाकिस्तानसँग ‘सम्बन्ध