अफ्रिकाको हर्नमा १ करोड ८० लाख मानिस विस्थापित « Khabarhub

अफ्रिकाको हर्नमा १ करोड ८० लाख मानिस विस्थापित


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

नैरोबी – हर्न अफ अफ्रिका क्षेत्रमा करिब १ करोड ८० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले शुक्रबार जारी गरेको प्रतिवेदनमा जनाएको छ।

संयुक्त राष्ट्रसंघको आप्रवासन एजेन्सीले विस्थापित जनसङ्ख्या अधिकांश सुडान (४९ प्रतिशत), सोमालिया (१९ प्रतिशत), इथियोपिया (१९ प्रतिशत) र दक्षिण सुडान (११ प्रतिशत) रहेको उल्लेख गरेको छ।

सुडानमा द्वन्द्वको प्रकोपका कारण ८१ लाख मानिस जबरजस्ती विस्थापित भएको पाइएको छ जसमा आन्तरिक रूपमा ६३ लाख र छिमेकी देशहरूमा १९ लाख, रहेको आईओएमले जनाएको छ ।

यस क्षेत्रमा विस्थापनका अन्य कारणहरू ‘एल निनो’ वर्षासँग जोडिएको खडेरी र बाढी जस्ता प्राकृतिक प्रकोपहरू रहेको विज्ञहरूले बताएका छन् । प्राकृतिक प्रकोपका कारण सृजित खाद्य असुरक्षा पनि विस्थापनको मुख्य कारण बनेको छ ।

आगामी महिनाहरूमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको सङ्ख्या बढ्न सक्ने अनुमान छ किनभने यस क्षेत्रमा मार्च र मे महिनामा भारी वर्षा हुने र वर्षाजन्य प्रकोप बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

विकाससम्बन्धी अन्तरसरकारी प्राधिकरण जलवायु पूर्वानुमान केन्द्रले हालै गरेको पूर्वानुमानमा प्राकृतिक प्रकोपबाट सोमालिया, केन्या, इथियोपिया र दक्षिण सुडानका साथै युगान्डा र तान्जानिया बढी प्रभावित हुनसक्ने देखिन्छ ।

प्रतिवेदनका अनुसार अनुसार हालैको बाढी, द्वन्द्व र खडेरीका कारण अफ्रिकाको ग्रेटर हर्न क्षेत्रमा लगभग ५ करोड ८० लाख मानिसहरू खाद्य असुरक्षामा छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ८ : १० बजे

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,