अफ्रिकाको हर्नमा १ करोड ८० लाख मानिस विस्थापित « Khabarhub

अफ्रिकाको हर्नमा १ करोड ८० लाख मानिस विस्थापित


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

नैरोबी – हर्न अफ अफ्रिका क्षेत्रमा करिब १ करोड ८० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले शुक्रबार जारी गरेको प्रतिवेदनमा जनाएको छ।

संयुक्त राष्ट्रसंघको आप्रवासन एजेन्सीले विस्थापित जनसङ्ख्या अधिकांश सुडान (४९ प्रतिशत), सोमालिया (१९ प्रतिशत), इथियोपिया (१९ प्रतिशत) र दक्षिण सुडान (११ प्रतिशत) रहेको उल्लेख गरेको छ।

सुडानमा द्वन्द्वको प्रकोपका कारण ८१ लाख मानिस जबरजस्ती विस्थापित भएको पाइएको छ जसमा आन्तरिक रूपमा ६३ लाख र छिमेकी देशहरूमा १९ लाख, रहेको आईओएमले जनाएको छ ।

यस क्षेत्रमा विस्थापनका अन्य कारणहरू ‘एल निनो’ वर्षासँग जोडिएको खडेरी र बाढी जस्ता प्राकृतिक प्रकोपहरू रहेको विज्ञहरूले बताएका छन् । प्राकृतिक प्रकोपका कारण सृजित खाद्य असुरक्षा पनि विस्थापनको मुख्य कारण बनेको छ ।

आगामी महिनाहरूमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको सङ्ख्या बढ्न सक्ने अनुमान छ किनभने यस क्षेत्रमा मार्च र मे महिनामा भारी वर्षा हुने र वर्षाजन्य प्रकोप बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

विकाससम्बन्धी अन्तरसरकारी प्राधिकरण जलवायु पूर्वानुमान केन्द्रले हालै गरेको पूर्वानुमानमा प्राकृतिक प्रकोपबाट सोमालिया, केन्या, इथियोपिया र दक्षिण सुडानका साथै युगान्डा र तान्जानिया बढी प्रभावित हुनसक्ने देखिन्छ ।

प्रतिवेदनका अनुसार अनुसार हालैको बाढी, द्वन्द्व र खडेरीका कारण अफ्रिकाको ग्रेटर हर्न क्षेत्रमा लगभग ५ करोड ८० लाख मानिसहरू खाद्य असुरक्षामा छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ८ : १० बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले