भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित | Khabarhub Khabarhub

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गरेकी हुन् ।

‘भरतपुर प्रज्ञा सम्मान’ भरतपुर–४ का प्रकाश थापालाई प्रदान गरिएको छ । यसैगरी ‘कृष्णबम मल्ल प्रज्ञा सम्मान’ भरतपुर–१२ का प्रा. डा. कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । ‘चित्रवन प्रज्ञा पुरस्कार’ भरतपुर–१० का डिआर पोखरेललाई प्रदान गरिएको छ । उनलाई ‘संस्कृतिको सोपानमा चितवन’ कृतिका लागि सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।

यसैगरी ‘वागिश्वरी प्रज्ञा पुरस्कार’ भरतपुर–१ की सिम्रन क्षेत्रीलाई उहाँको ‘झुमर’ उपन्यासका लागि प्रदान गरिएको छ । ‘भरतपुर प्रज्ञा पुरस्कार’ (काव्यतर्फ) भरतपुर–१ कै जगन्नाथ पण्डित (घरबारीमा तोरी फुल्यो कविता संग्रह) लाई प्रदान गरिएको छ । ‘भरतपुर प्रज्ञा पुरस्कार’ (आख्यानतर्फ) अष्टदेव खनाललाई प्रदान गरिएको छ । उनीहरूलाई जनही २५ हजार ७८ रुपैयाँ सहित सम्मान गरिएको हो ।

यस्तै राष्ट्रिय खुला कथा प्रतियोगिता, २०८० मा नुवाकोटका अनन्त लम्सालको ‘अन्तिम पथ’ शीर्षकको कथा सर्वोकृष्ट भएको छ । उनलाई ४० हजार ७८ रुपैयाँसहित सम्मान गरियो । सो विधामा लमजुङकी अनिता पन्थीको ‘मृत्युको अपिल’ शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल ग¥यो । उनलाई ३० हजार ७८ सहित सम्मान गरिएको थियो ।

काभ्रेपलाञ्चोकका समीप खड्काको ‘भाग्यको कुरो’ शीर्षकको कथाले उत्तम स्थान प्राप्त गर्‍याे । उनलाई २० हजार ७८ बाट पुरस्कृत गरिएको छ । मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) लाई ‘पहिचान’  र राधिका कल्पित (राधिका गौतम पौडेल)लाई ‘अब लजाउँदैन लज्जावती’ शीर्षकको कथाका लागि जनही १० हजार ७८ बाट पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानद्वारा आयोजित ‘मेरो सपनाको भरतपुर’ शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्ध प्रतियोगिताका उत्कृष्टलाई समेत सम्मान गरिएको छ ।

उक्त प्रतियोगितामा हरिप्रसाद तिवारीको निबन्ध सर्वोकृष्ट घोषित भयो । उनलाई १० हजार ७८ रुपैयाँसहित पुरस्कृत गरिएको छ । यस्तै अनुस्का न्यौपानेलाई  आठ हजार ७८, चिरञ्जीवी दाहाललाई ६ हजार ७८ तथा सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही चार हजार ७८ रुपैयाँ तथा प्रमाणपत्रसहित सम्मान गरिएको प्रज्ञापरिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : ३४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका