गृहमन्त्रीले उजुरीलाई चिर्कटोको संज्ञा दिएपछि कांग्रेसले भन्यो -‘ताम्रपत्र कि स्वर्णपत्रमा लेख्ने’ « Khabarhub

गृहमन्त्रीले उजुरीलाई चिर्कटोको संज्ञा दिएपछि कांग्रेसले भन्यो -‘ताम्रपत्र कि स्वर्णपत्रमा लेख्ने’


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी सम्बन्धी आरोपबारे छानबिनका लागि समितिको माग गरेको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद प्रतिमा गौतमले गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगी सम्बन्धी आरोपमा कुनै संलग्नता नभए संसदीय छानबिन समिति बनाउन डराउन नपर्ने बताइन् ।

उनले सरकार सहकारी पीडितलाई न्याय दिने पक्षमा भन्दा पनि उनीहरूलाई घरको न घाटका बनाउने ठगहरूलाई बचाउने पक्षमा उद्धत भएको सांसद गौतमको आरोप थियो ।

प्रधानमन्त्रीले संसदमा आएर गृहमन्त्रीमाथि परेको उजुरी कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नु दुर्भाग्यपूर्ण भएको सांसद गौतमको भनाई थियो ।

आरोपी गृहमन्त्री लामिछानेले आफूलाई परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको भन्दै उजुरी कागजमा वा ताम्रपत्र कि स्वर्णपत्रमा लेख्ने हो भन्दै प्रश्न गरिन ।

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको नेपाली कांग्रेसले हिजोदेखि गृहमन्त्रीको विरोध गर्ने तर संसद चल्न दिने नीति लिएको छ ।

सोही नीति अनुसार बैठक प्रारम्भ हुँदा बित्तिकै कांग्रेसले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले कांग्रेसलाई आफ्नो धारणा राख्न समय दिएका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १२ : ०९ बजे

इरान समर्थित हुथी विद्रोहीद्वारा यमन र साउदी अरबमा एकसाथ ठूलो हमला

तेहरान- इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरबमा

कीर्तिमानी युक्तको अन्त्येष्टिमा पुगे गगन-सुधन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा