अत्यधिक गर्मीका कारण पेटमै बच्चा खेर जाने जोखिम दोब्बर « Khabarhub

अत्यधिक गर्मीका कारण पेटमै बच्चा खेर जाने जोखिम दोब्बर


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं अत्यधिक गर्मीका कारण बच्चा खेर जाने जोखिम दोब्बर हुने एक अध्ययनले देखाएको छ ।

भारतमा गरिएको अध्ययनअनुसार चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको मृत्यु हुने जोखिम दोब्बर देखिएको हो । अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका ८०० गर्भवती महिलाले भाग लिएका थिए । चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन सन् २०१७ मा थालिएको थियो।

त्यसमा भाग लिने महिलामध्ये करिब आधा महिलाहरू कृषि, इँटा भट्टा र नुन नै नुन भएको जमिन जस्तो चरम गर्मीमा काम गर्ने गरेका थिए । बाँकी महिला भने विद्यालय, अस्पतालजस्ता तुलनात्मक रूपमा गर्मी कम हुने ठाउँमा काम गर्थे ।

मानव शरीरका लागि कति गर्मीलाई चरम गर्मी भन्ने भनेर तोकिएको छैन । अध्ययनले गर्भवती महिलाकाबारे चिन्ता थपिएको अध्ययनकर्ताहरूले बताएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ४ : २४ बजे

काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणमा पुगेकी छन्

रसुवा भन्सार : ६ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा– रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक

निर्वाचनको तयारीको विषयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन तयारीको विषयमा पत्रकार सम्मेलन गर्दैछ

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन