नयाँ वर्षमा पोखरामा ‘फेवा नववर्ष’ महोत्सव « Khabarhub

नयाँ वर्षमा पोखरामा ‘फेवा नववर्ष’ महोत्सव


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की – नयाँ वर्षका अवसरमा ‘पर्यटन, संस्कृति र खाना’ को नारासहित पोखराको फेवाताल किनारमा फेवा नव वर्ष महोत्सवको १९ औँ संस्करण हुने भएको छ ।

होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको हो । यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म पर्यटकीय क्षेत्र ड्यामसाइडदेखि हल्लनचोकसम्मको तीन किमी सडक क्षेत्रमा महोत्सव हुने आयोजक होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

उनका अनुसार नव वर्ष महोत्सवलाई भव्य बनाउने तयारी भइरहेको छ । महोत्सवको प्रमुख उद्देश्य नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्धन गर्नु हो । विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल महोत्सवमा राखिने अध्यक्ष सुवेदीको भनाइ छ ।

“नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन महोत्सवलाई निरन्तरता दिइएको हो”, अध्यक्ष सुवेदीले भने, “पर्यटनको राजधानी घोषणापछि पहिलोपटक पोखरामा हुन लागेको यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्नेछौँ ।”

महोत्सव आन्तरिक र बाह्य गरी तीन लाख पर्यटकलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ । महोत्सव तयारीका लागि विभिन्न २१ वटा समिति र क्षेत्रीय संयोजक गठन गरिएको छ । सो अवसरमा होटल सङ्घ पोखरा मातहतका होटलहरुले प्रकाशित गरेको दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने निर्वतमान अध्यक्ष विकल तुलाचनले बताए ।

महोत्सवका आकर्षणहरुमा परम्परागत नेपाली खानाको प्रवद्धन, सांस्कृतिक झाँकी, लोकदोहोरी, पप कन्सर्ट, स्थानीय कलाकारद्वारा सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगितालगायत रहेका छन् ।

कोभिड–१९ पछि पूर्ववत् अवस्थामा सञ्चालन हुन नसकेका होटल तथा पर्यटन व्यवसाय पुरानै लयमा फर्काउन महोत्सव सफल हुने विश्वास लिइएको छ । नव वर्ष महोत्सवको प्रचार छिमेकी मुलुक भारतसहित अन्तर्राष्ट्रियस्तरमा गरिएकाले पर्यटक आगमन वृद्धि हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले उल्लेख गरे ।

होटल सङ्घ पोखराले दुई दशकअघिदेखि नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएको छ । कोरोनाका कारण दुई वर्ष सञ्चालन रोकिएको थियो । पर्यटन बोर्ड पोखराका निमित्त प्रमुख नवीन पोखरेलले महोत्सवले नेपाली संस्कृति संरक्षण र पर्यटन प्रवद्धनको साथै आर्थिक उन्नयनमा योगदान पुगेको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १० : ४२ बजे

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध