आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार सन् २०२४ मे १ तारिख। वैशाख कृष्ण पक्षको अष्टमी तिथि। गोरखकाली पूजा र मजदुर दिवस। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। आफ्नो योजना सफल हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा उन्नति हुनेछ। लगानीको क्षेत्रमा सफलता प्राप्त हुनेछ। विदेशको लगानीबाट ठुलो फाइदा हुनेछ। बोलीमा नम्रता आवश्यक देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : समय राम्रो छ। बोलीमा सरस्वतीको बास भएकाले सबैको हितमा बोल्नु राम्रो हुन्छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। नयाँ योजनाको थालनी गर्ने दिन हो। परिवारको माया प्राप्त हुनेछ।

मिथुन : दैनिकी राम्रो छ। शेयरमा लगानी भए फाइदा हुनेछ। चिट्ठा पर्ने दिन हो। सामाजिक सेवा र राजनीतिमा विवाद हुने देखिन्छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय राम्रो छ। कमजोरीको मूल्यांकन गर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम देखिन्छ।

सिंह : समाजले झुटो आरोप लगाउने खतरा छ। आफन्तले असहयोग गर्ने भएकाले कुनै योजना भए सुरुमा नसुनाउनु राम्रो हुन्छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्धमा खटपटी हुने जोखिम छ।

कन्या : श्रम र लगानीको उचित मूल्यांकन हुनेछ। धेरै बोल्ने साथी कमजोर बन्नेछन्। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारबाट खुशी मिल्नेछ।

तुला : अवसर धेरै भएकाले आम्दानी हुने क्षेत्रको सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षाको सदुपयोग गर्नु राम्रो हुन्छ। साथीसँग प्रतिवाद गर्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : शनिदेवको छाया रहेको छ। आलस्य बढ्नेछ। काममा खटपटी बढ्नेछ। राम्रो कामको गलत अर्थ लाग्नसक्छ। शनिदेवको शान्ति गर्न पिपलमा पानी चढाएमा परिवारमा मेलमिलाप हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ।

धनु : लगानीका क्षेत्रमा सफलता मिल्नेछ। धेरै साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा गरेको लगानीले लाभ हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तनाव हुने देखिन्छ। परिवार र प्रेम सम्बन्धमा खटपटी हुनेछ।

मकर : संयमित भएर व्यवहार गर्नु राम्रो हुन्छ। आफन्तले गलत भूमिका निर्वाह गर्नेछन्। शिक्षाको लगानीबाट उत्साह मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ।

कुम्भ : समय सामान्य छ। अनावश्यक उदासिनता आइपर्ने छ। हनुमानको सम्झना गरेमा धेरै काम बन्नेछ। तपाईंका प्रतिस्पर्धी पराजित हुनेछन्। लगानीको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। राजनीतिक यात्रामा चोट पुग्ने देखिन्छ। परिवारको भने साथ र सहयोग मिल्नेछ।

मीन : आफ्नै साधनबाट चेटपटक लाग्नसक्छ। हतियार चलाउने भए सचेत हुनु राम्रो हुन्छ। यात्रा गर्दा विशेष ध्यान दिनु राम्रो हुन्छ। आफ्नै साथीले धोखा दिने देखिन्छ। न्यायपूर्वक गरेको श्रमबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : ५९ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा