आईपिएल : मुम्बईलाई हराउँदै लखनउ तालिकाको तेस्रो स्थानमा | Khabarhub Khabarhub

आईपिएल : मुम्बईलाई हराउँदै लखनउ तालिकाको तेस्रो स्थानमा


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्ससँग मुम्बई इन्डियन्स चार विकेटले पराजित भएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य पछ्याएको लखनउले चार बल बाँकी हुँदा चार विकेटको जित निकालेको हो। सामान्य लक्ष्य पछ्याएको लखनउले ६ विकेटको क्षतिमा १९ दशमलव २ बलमा १४५ रन बनाएको हो।

लखनउको जितका लागि मार्कस स्टोइनिसले सर्वाधिक ६२ रन बनाए। ४५ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे। कप्तान केएल राहुल २८ र दिपक होडा १८ आउट हुँदा निकोलस पूरनले नटआउट १४ रन जोडे।

मुम्बईका लागि हार्दिक पाण्डेयले २६ रन खर्चिएर दुई विकेट लिए भने नुवान तुषारा, जिराल्ड कट्टेज र मोहम्मद नाबीले एकएक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको मुम्बईका नेहाल वढेराले सर्वाधिक ४६ रन बनाए। ४१ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।

इशान किशन ३२ रनमा आउट हुँदा टिम डेभिडले अविजित रहँदै ३५ रन बनाए। सुरुवाती ब्याट्सम्यान सूर्यकुमार यादव १० र रोहित शर्मा चार रनमै आउट भए।

लखनउका मोहसिन खानले सर्वाधिक दुई विकेट लिए। मार्कस स्टोयनिस, नवीन उल हक, मयंक यादव र रवि विश्वोईले एकएक विकेट हात पारे।

यो जितसँगै लखनउ आईपिएलमा १२ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मुम्बई भने लखनउसँगको हारसँगै १० मा सात खेल गुमाउँदै तालिकाको नवौं स्थानमा छ। उसले जम्मा ६ अंक जोडेको छ।

आईपिएल अन्तर्गत बुधबार चेन्नाई सुपर किंग्स र पञ्जाब किंग्सको प्रतिस्पर्धा हुँदैछ। यो खेल बुधबार साँझ ७:४५ बजे सुरु हुँदैछ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : ५६ बजे

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको