वेस्ट इन्डिजविरुद्ध नेपालको तेस्रो खेल आज | Khabarhub Khabarhub

वेस्ट इन्डिजविरुद्ध नेपालको तेस्रो खेल आज


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल र वेस्ट इन्डिजको बुधबार तेस्रो प्रतिस्पर्धा हुन लागेको हो।

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल दोस्रो खेलमा आइतबार १० रनले पराजित भएको थियो। विश्वकप अगाडि नेपालले वेस्ट इन्डिसँगको पाँच खेलको टी-२० सिरिज खेल्दै छ।

पहिलो खेल : रोहितको शतकमा नेपालको शानदार जित
शनिबार भएको पहिलो खेलमा टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको नेपाले २०५ रनको लक्ष्य पाएको थियो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो।

नेपालले ६ विकेटको क्षतिमा २०६ रनको योगफल बनाएको थियो। कप्तान रोहितकुमार पौडेलको शतकीय इनिङमा विजयी भएको नेपालले घरेलु मैदानमा दोस्रो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको थियो।

ओपनर अनिल शाह ९ बल खर्चेर ५ रन मात्रै जोडेर आउट हुँदा अर्का ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका बलरसामु टिक्न सकेनन्।

सस्तैमा दुई ओपनर मैदानबाट बाहिरिए पनि कप्तान पौडेललेको प्रदर्शन सम्झन लायक बन्यो। उनले शतक प्रहार गरे। ५४ बलमा ११२ रन प्रहार गर्दा उनले ६ छक्का र १० चौका प्रहार गरे।

दीपेन्द्र सिंह ऐरीले २४ र कुशल मल्लले १६ रन जोडे। नेपालका अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।

वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्ड र ओबेद म्याक कोयले समान दुईदुई विकेट लिए भने किमो पलको नाममा एक विकेट रह्यो।

सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेसले अर्धशतक प्रहार गरेका थिए। उनले ९ चौका र दुई छक्काको सहयोगमा ४६ बलमा ७४ रन बनाएका थिए।

ओपनर एलिक एथेनाजे ५ चौका र तीन छक्काको सहयोगमा २५ बलमा ४७ रन प्रहार गरे। अर्का ओपनर जोनसन चार्ल्स दुई बल खर्च गरेर खाता नखोली भेभेलियन फर्किएका थिए। आन्द्रे फ्लेचर १३ रन जोडेर क्रिजबाट बाहिरिए। केसी कार्टीले २६ बलमा ३८ रन जोडे। उनले १५ बलमा दुई चौका प्रहार गरेका थिए।

पहिलो खेलमा नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान एकएक विकेट लिएका थिए।

दोस्रो खेलमा १० रनको हार

सिरिजको दोस्रोे खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५० रन मात्र बनाउन सकेको थियो।

पहिलो खेलमा शतक हानेका नेपालका लागि कप्तान रोहित पौडेलले दोस्रो खेलमा अविजित ७१ रन जोडेका थिए। गुलशन झाले २६, लोकेश बमले १७ र आरिफ शेखले १२ रन बनाएका थिए र

बलिङमा वेस्ट इन्डिज ‘ए’ का ओवेड म्याकवे, गुडाकेश मोतीले दुई दुई विकेट लिँदा ओसानी थोमस र रोस्टन चेसले एक एक विकेट हात पारेका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ४३, गुडाकेश मोतीले अविजित ३३, कप्तान रोस्टन चेजले २३, ओपनर जोनसन चाल्सले ११, केसी काटीले १० रन बनाउँदा म्याथ्यु फर्डले अविजित ११ रन बनाएका थिए।

बलिङमा नेपालका सागर ढकाल र कुशल भुर्तेलले दुई दुई विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट हात पारेका थिए।

नेपालले वेस्ट इन्डिजसँगको सिरिजको चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेल्नेछ। यो सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : १८ बजे

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका

आजका समाचार : कैलाश सिरोहियाको गिरफ्तारीदेखि मन्त्रीहरूको सम्पत्ति विवरणसम्म

कांग्रेसको नाराबाजीबीच संसद्‍मा नीति तथा कार्यक्रम टेबल प्रमुख प्रतिपक्षी नेपाली

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाम ल्याइँदै 

जनकपुरधाम– किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं– कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति

सरकार हाँक्नेको सम्पत्ति : कसैसँग डेढ करोड नगद, कसैको बैंक खाता नै छैन

काठमाडौं – गत बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति