घरमा समीको बिरुवा रोप्दा के हुन्छ ? « Khabarhub

घरमा समीको बिरुवा रोप्दा के हुन्छ ?


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सनातन धर्ममा घरमा बिरुवा लगाउनुलाई शुभ मानिन्छ । किनकी केही बिरुवाहरूमा भगवानले वास गरेको मानिन्छ ।

त्यस्तै एक विरुवाको चर्चा गर्दा पहिलो नम्बरमा आउँछ समी ।  घरमा यो बिरुवा रोप्दा मानिसको जीवनमा धेरै समस्याबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

समीको बिरुवामा भगवान शिवको बास रहेको जनविश्वास छ । यो रूख निकै पवित्र मानिन्छ । घरमा समीको बिरुवा लगाउनाले महादेवको आशीर्वाद प्राप्त हुने विश्वास रहेको छ ।

वास्तु विज्ञका अनुसार कसैको कुण्डलीमा शनिदोष वा शनिको प्रभाव छ भने घरको दक्षिण दिशामा समीको रूख रोप्नुपर्छ । जसले  शनि दोषलाई हटाउन सक्छ ।

शनिबार पारेर समीको रूख रोप्नु अत्यन्तै शुभ मानिन्छ । वास्तुशास्त्र अनुसार यो बिरुवा सधैँ घरको मुख्य ढोकाको देब्रेपट्टि राख्नुपर्छ। यसले घरमा सधैँ सकारात्मक ऊर्जा ल्याउँछ, जसले हाम्रो जीवनमा राम्रो प्रभाव पार्छ ।

साँझ समीको बोट नजिक दीप प्रज्वलन गर्नाले आर्थिक अवस्था पनि मजबुत हुने जनविश्वास छ । साथै नजिकै हरेक साँझ घ्यूको दियो बाल्दा विवाहमा आउने सबै बाधाहरू हट्ने मान्यता छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : ११ बजे

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्