नेपाल टस हारेर फिल्डिङमा, कप्तान रोहितलाई आराम « Khabarhub

नेपाल टस हारेर फिल्डिङमा, कप्तान रोहितलाई आराम


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुँदै छ । टीयु क्रिकेट मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । 

आजको खेलमा नेपालले कप्तान रोहित पौडेललाई आराम दिएको छ । यस खेलमा नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दै छन् ।

आज नेपाली टिममा चार परिवर्तन गरिएको छ । आज कप्तान रोहितसहित कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्दलाई बाहिर राखिएको छ भने करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी खेल्दै छन् ।  

यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

नेपालको प्लेइङ- ११ : दिपेन्द्र सिंह ऐरी (कप्तान), अनिल शाह, आरिफ सेख, कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

सिरिजको चौथो खेल मे २ मा र पाँचौं खेल मे ४ मा हुने छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १२ : १२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले