अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प छैन : देव गुरुङ « Khabarhub

अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प छैन : देव गुरुङ


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र का महासचिव देव गुरुङले अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले मुलुकको विकास र समृद्धिका लागि वर्तमान सरकारको ध्यान केन्द्रित भएको तर्क गरे ।

उनले अहिले नै यो सरकारको विकल्प नभएको बताएका छन् । गुरुङले सापेक्षित रुपमा वर्तमान सरकार लामो समय टिक्ने बताए ।

सरकारमा रहेका घटकहरू न्यूनतम साझा कार्यक्रम र एजेण्डामा दृढताका साथ अघि बढ्दासम्म सरकारमा कुनै समस्या नहुने उनको भनाइ छ ।

राष्ट्रिय स्वाधीनताका साथै देश र जनतालाई हितमा राख्दै सरकारले काम गरिरहेको उनले बताए ।

गुरुङले राष्ट्रियता र जनताको मुद्दाहरूमा कम्युनिष्टहरू दृढ रहेको धारणा राखे ।

त्यस्तै महासचिव गुरुङले नेपालको समृद्धिका लागि आन्तरिक स्रोत मुख्य भए पनि बाह्य पूँजीको पनि भूमिका महत्पवपूर्ण रहेकाले लगानी सम्मेलनले त्यसमा प्रोत्साहित गरेको उल्लेख गरे ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : १५ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई