बाबुरामको गुनासो : प्रचण्डले गोरखाबाट जितेपछि धोका दिए, सत्तामोहमा डुबे | Khabarhub Khabarhub

बाबुरामको गुनासो : प्रचण्डले गोरखाबाट जितेपछि धोका दिए, सत्तामोहमा डुबे


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा चरम सत्तामोह देखिएको गुनासो गरेका छन् ।

१३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीले बुधबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा भट्टराईले सत्ताका लागि प्रचण्डले जोसुकैसँग पनि समीकरण गर्ने र तोड्ने गरेको आरोप लगाए ।

माओवादी आन्दोलनका केही नेताहरूको आग्रहमा प्रचण्डलाई २०७९ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा आफूले छाडेर सहयोग गरेको पनि उनले बताए ।

आफूले साथ दिएकैले प्रचण्डले गोरखा २ बाट जित्न सफल भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बताए । तर चुनाव जितेपछि प्रचण्डले खोला तर्यो लौरौ बिर्स्यो जस्तो व्यवहार देखाएको जिकिर पनि उनले गरे ।

भट्टराईले प्रचण्डप्रति आफ्नो विश्वास नरहेपछि माओवादीभित्रका केही व्यक्तिले नयाँ ढंगको आन्दोलनका लागि जानुपर्छ भनेकाले नै साझा चुनाव चिन्ह लिएर निर्वाचन लडेको बताए ।

पार्टीले नयाँ बाटो तय गरेको भन्दै देशलाई विकल्प दिएरै छाड्ने जिकिर पनि उनले गरेका छन् । पुराना शक्तिहरूलाई जतिसुकै दया-माया गरे पनि उनीहरू सच्चिने सम्भावना नरहेको पनि उनले बताएका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नभएसम्म देशमा राजनीतिक स्थिरता र सुशासन कायम हुनै नसक्ने उनले ठोकुवा गरे ।

अब पार्टीभित्र कुनै पदाधिकारी नरहेको भन्दै प्रत्यक्ष निर्वाचित पदाधिकारी चयन गर्नेसहितको नयाँ पार्टी अभियानको घोषणासमेत उनले गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : ४५ बजे

रक्षामन्त्री उप्रेतीसँग ३५ कट्ठा जमिन, २५ तोला सुन

काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीको बरहथवा नगरपालिका-४ मा साढे

सहरी विकास मन्त्री धनबहादुरको सम्पत्ति कति छ ?

काठमाडौं– सहरी विकास मन्त्री धनबहादुर बुढाको डोल्पामा ५ रोपनी जग्गा

गृहमन्त्रीको सम्पत्ति : दुई बैंकमा खाता, भक्तपुरमा १ रोपनी जग्गा, श्रीमती निकिता करोडपति

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक

प्रधानमन्त्री दाहालले कति सम्पत्ति देखाए ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले एक घर, १५ कठ्ठा जमिन,

चितवनमा पहिलोपटक शल्यक्रियाबिना टालियो मुटुको प्वाल

चितवन- चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ । चितवन