बाबुरामको गुनासो : प्रचण्डले गोरखाबाट जितेपछि धोका दिए, सत्तामोहमा डुबे « Khabarhub

बाबुरामको गुनासो : प्रचण्डले गोरखाबाट जितेपछि धोका दिए, सत्तामोहमा डुबे


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा चरम सत्तामोह देखिएको गुनासो गरेका छन् ।

१३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीले बुधबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा भट्टराईले सत्ताका लागि प्रचण्डले जोसुकैसँग पनि समीकरण गर्ने र तोड्ने गरेको आरोप लगाए ।

माओवादी आन्दोलनका केही नेताहरूको आग्रहमा प्रचण्डलाई २०७९ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा आफूले छाडेर सहयोग गरेको पनि उनले बताए ।

आफूले साथ दिएकैले प्रचण्डले गोरखा २ बाट जित्न सफल भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बताए । तर चुनाव जितेपछि प्रचण्डले खोला तर्यो लौरौ बिर्स्यो जस्तो व्यवहार देखाएको जिकिर पनि उनले गरे ।

भट्टराईले प्रचण्डप्रति आफ्नो विश्वास नरहेपछि माओवादीभित्रका केही व्यक्तिले नयाँ ढंगको आन्दोलनका लागि जानुपर्छ भनेकाले नै साझा चुनाव चिन्ह लिएर निर्वाचन लडेको बताए ।

पार्टीले नयाँ बाटो तय गरेको भन्दै देशलाई विकल्प दिएरै छाड्ने जिकिर पनि उनले गरेका छन् । पुराना शक्तिहरूलाई जतिसुकै दया-माया गरे पनि उनीहरू सच्चिने सम्भावना नरहेको पनि उनले बताएका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नभएसम्म देशमा राजनीतिक स्थिरता र सुशासन कायम हुनै नसक्ने उनले ठोकुवा गरे ।

अब पार्टीभित्र कुनै पदाधिकारी नरहेको भन्दै प्रत्यक्ष निर्वाचित पदाधिकारी चयन गर्नेसहितको नयाँ पार्टी अभियानको घोषणासमेत उनले गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : ४५ बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ