सलमानको घरबाहिर गोली चलाएको प्रकरणमा पक्राउ युवकले गरे आत्महत्या | Khabarhub Khabarhub

सलमानको घरबाहिर गोली चलाएको प्रकरणमा पक्राउ युवकले गरे आत्महत्या


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी : बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली चलाएको आरोपमा हिरासतमा लिइएका एक युवकले बुधबार आत्महत्या गरेका छन् ।

गत १४ अप्रिलमा सलमानको घरबाहिर गोली चलाएको मामिलामा पक्राउ गरेर हिरासतमा लिइएका ती युवकले आत्महत्या गरेका हुन् ।

पुलिसको हिरासतमा रहेका बेला आत्यहत्या कोसिस गरेपछि गम्भीर भएका अनुज थापनलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।

गोली चलाएको घटनामा संलग्न ती युवकमाथि प्रहरीले अवैध हतियार उपलब्ध गराएको आरोप लगाएको थियो

प्रहरीका अनुसार अनुजले हिरासतमै आत्महत्या कोसिस गरेपछि अस्पतालमा भर्ना गरिएको थियो। तर उनको अस्पताल लगेको केही बेरमै ज्यान गएको हो ।

एक साता लामो अनुसन्धानपछि प्रहरीले उनीसहित दुईजनालाई पञ्जाबबाट पक्राउ गरेको थियो। यसमा ३७ वर्षीय सोनु सुभाष चन्द्र र ३२ वर्षीय अनुज थापन थिए ।

समाचार अनुसार अनुज लरेन्स बिश्नोई ग्याङको सम्पर्कमा थिए । उनी ट्रकमा सहायकका रुपमा काम गर्थे । मुम्बईको क्राइम ब्रान्चले सुरतको तापी नदीबाट एउटा पेस्तोल र केही गोली बरामद गरेको थियो ।

प्रहरीले सलमानको घरअगाडि १४ अप्रिलमा गोली चलाउन त्यही पेस्तोल प्रयोग भएकव जनाएको छ । प्रहरीका अनुसार यो हतियार अनुज र सुभाषले उपलब्ध गराएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ३ : ५६ बजे

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ