यस्तो छ श्रम मन्त्रीद्वारा घोषित ‘श्रमाधान योजना’, सात कार्यक्रम प्रस्ताव | Khabarhub Khabarhub

यस्तो छ श्रम मन्त्रीद्वारा घोषित ‘श्रमाधान योजना’, सात कार्यक्रम प्रस्ताव


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले  श्रमिकको समस्या समाधान निम्ति भन्दै ‘श्रमाधान योजना’ घोषणा गरेका छन्‌ । यो योजनाबाट श्रम र रोजगारीसँग सम्बन्धित सम्बन्धित समस्या समाधान हुने मन्त्री अर्यालले दाबी गरेका छन्‌ ।

श्रमाधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्धारा प्रणालीबाट समाधान गर्ने जनाउँदै विभागीय मन्त्री अर्यालले वृहत रूपमा श्रमिकको समस्या समाधानदेखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी योजना ल्याइएको बताए ।

श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रसँग सम्बन्धित कार्यक्रम प्रस्ताव गरिएको छ । यसअन्तर्गत पहिलो कार्यक्रमलाई ‘सेकेन्ड इनिङ्ग्स’ नाम दिइएको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकाश भएपछि आफूसँग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने विषयमा काम गर्ने मन्त्री अर्यालले दाबी गरे ।

दोस्रोमा ‘रोजगार बैंक’ रहेको छ । यसले रोजगारदाता र रोजगारी खोज्ने बीच समन्वय गर्नेछ । तेस्रो भनिएको ‘समता’ कार्यक्रमले समानता प्रत्याभूत गराउने लक्ष्य रहेको मन्त्री अर्यालको भनाइ छ । उनका अनुसार यो कार्यक्रममार्फत विशेष समुदायलाई प्राथमिकता दिइनेछ ।

चौथोमा ‘ल’ कार्यक्रम छ । यस कार्यक्रममार्फत श्रमिकलाई कानूनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रमसम्बन्धी कानून सबैले जानुन भन्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए ।

पाँचौं नम्बरमा मन्त्री अर्यालले ‘कनेक्ट’ कार्यक्रम अघि सारेका छन्‌ । विश्व श्रम बजारमा नेपाली श्रमिकलाई प्रतिष्पर्धी बनाउने यो कार्यक्रमको उद्धेश्य रहेको मन्त्रीले बताए । यसैगरी छैठौं नम्बरमा रहेको ‘साथ’ कार्यक्रमले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभाष गराउने लक्ष्य राखेको छ ।

सातौं नम्बरमा मन्त्री अर्यालले ‘कल सेन्टर’ कार्यक्रम राखेका छन्‌ । कल सेन्टरबाट श्रमिकका समस्या तथा जिज्ञासा संकलन गरी सम्बन्धित निकायमार्फत समाधान गरिने मन्त्रालयले जनाएको छ ।

श्रमाधान योजनाका सात कार्यक्रमलाई क्रमिक रूपमा सञ्चालनमा ल्याइने मन्त्री अर्यालले बताएका छन्‌ । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने उनले बताए ।

कल सेन्टर हप्ताको सातै दिन/चौबीसै घण्टा उपलब्ध हुने मन्त्रीले दाबी गरेका छन्‌ । समस्या समाधानका लागि कल सेन्टरबाट सम्बन्धित निकायका फोकल पर्सनसम्म सम्बन्धित मामिला पुर्‍याइनेछ । कल सेन्टरमा मिसकलमा आएको अवस्थामा पनि कलब्याक गरिने मन्त्रीले बताएका छन्‌ ।

दोस्रो चरणमा विदेशमा आधारित एसआइपी लाइन, आइभीआर (इन्टरएक्टिभ भ्वाइस रेसपोन्स), आर्टिफिसियल इन्टेलिजेनसमा आधारित च्याट बट, भिडियो एक्सेपलेनर, टायम कार्ड, कि पर्फमेन्स इन्डिकेटर प्रयोग सञ्चालनमा ल्याइने मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

श्रमाधान योजनाको पूर्णपाठ :

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : ३४ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका