किंग्स कप : अल हिलाललाई उपाधि « Khabarhub

किंग्स कप : अल हिलाललाई उपाधि


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किंग्स कप फुटबलको उपाधि साउदी प्रो लिग च्याम्पियन अल हिलालले जितेको छ ।

गएराति भएको खेलमा अल नासरलाई सडन डेथमा ५–४ गोलले हराउँदै अल हिलालले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेले पछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको ३० मिनेटमा दुवै तर्फबाट कुनै गोल नहुँदा खेल टाइब्रेकर हुँदै सडनडेथमा पुगेको थियो ।

अल हिलालका एलेक्सान्दर मित्रोभिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अल हम्दान र नासेर अल दासरीले गोल गरे भने अल नासरका लागि रोनाल्डो, सामी अल नाजेई, अब्दुल रहमान घारिव र अली लजामीले गोल गरेका थिए ।

त्यसअघिको निर्धारित समयमा अल हिलालका एलेक्सान्दर मित्रोभिच र अल नासरका एमन अहमेदले एक–एक गोल गरेका थिए ।

 

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ६ : ४७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार