प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री कार्की  « Khabarhub

प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री कार्की 


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले सहकारी क्षेत्रलाई आगामी नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताएका छन् ।  शनिबार विराटनगरमा आयोजित सहकारी संस्थाहरू संचालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी रोजगार सिर्जना गर्न सक्ने क्षेत्र भएको बताए । 

वर्तमान समयमा सहकारीप्रति नकारात्मक धारणा बढिरहेको बताउँदै उनले त्यसलाई चिर्न सहकारीले उत्पादनमूलक काम गर्नुपर्ने बताए । 

‘सहकारी भनेपछि जे पनि गर्न्न मिल्ने चलन बस्यो ‘ उनले भने,  ‘गरिबी उत्थानको लागि खोलिएका सहकारी धनीले धन कमाउने अखडा जस्तो देखियो ।’

पैसा जम्मा गर्दा थोरैथोरै हुने र झिक्दा धेरै हुने भएकाले सबै एकै पटक माग्न आउँदा सहकारी मात्र हैन बैंकले पनि फिर्ता दिन नसक्ने बताउँदै मुख्यमन्त्री कार्कीले  कतिपय सहकारी अफवाहका कारण पनि समस्यामा आएको बताए। 

कोशी प्रदेशका सहकारीको विकासको लागि र समस्या आउन नदिनको लागि पनि सरकारले ध्यान दिनेमा उनले जोड दिए।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  २ : २२ बजे

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन