राज्यले दुग्ध उत्पादन बढाउने नीति लिन आवश्यक « Khabarhub

राज्यले दुग्ध उत्पादन बढाउने नीति लिन आवश्यक


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस प्रदेशमा व्यापक मात्रामा पशुपालन गरिए पनि दुग्ध उत्पादन कम भएकाले दुग्ध उत्पादन बढाउने किसिमले राज्यले नीति निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

विश्व दुग्ध दिवसका अवसरमा मधेस प्रदेश दुग्ध विकास बोर्डले आज जनकपुरधाममा गरेको कार्यक्रममा सरोकारवालाहरूले पशुपालन व्यवसाय गर्दा दुग्ध उत्पादन बढाउने गरी अघि बढ्न मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग आग्रह गरे ।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले दुग्ध उत्पादन, प्रशोधन तथा बजारीकरणमा प्रदेश सरकार अघि बढेको बताए । उनले मानव स्वास्थ्यका लागि दूध अतिआवश्यक भएकाले दूध उत्पादन बढाउने गरी मन्त्रालयले दुग्ध विकास बोर्ड गठन गरेको जानकारी दिए ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख युगलकिशोर तिवारीले दुग्ध उत्पादनले ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउने गरेको भन्दै गाउँमा उत्पादन भएको दुग्ध सहरमा आउने र सहरको रकम गाउँमा पुग्ने किसिमको वातावरण निर्माण हुनुपर्नेमा जोड दिए ।

मधेस प्रदेश दुग्ध विकास बोर्डका निर्देशक शङ्कर साहले मधेस प्रदेशमा मागभन्दा कम दुग्ध उत्पादन रहेको भन्दै दुग्ध उत्पादन बढाएर किसानको आर्थिक अवस्था मजबुत बनाउन जरुरी रहेको बताए । मधेस प्रदेशमा १२ लाख मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको जानकारी गराए ।

औसत रूपमा नेपालमा वार्षिक प्रतिव्यक्ति ८५ लिटर दुग्ध खपत भए पनि मधेस प्रदेशमा प्रतिव्यक्ति ७१ लिटर खपतमात्र रहेको दुग्ध विकास बोर्डका उपाध्यक्ष डा शम्भु साहले जानकारी दिए।

कार्यक्रममा मधेस प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव डा सरोजकुमार चौधरी, दुग्ध विकास संस्थान जनकपुर वितरण आयोजनाका प्रमुख दिनेश जोशीसहितले धारणा राखे ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ९ : २२ बजे

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,