एमाले कुनै मोर्चाको पक्षमा छैन : ईश्वर पोखरेल « Khabarhub

एमाले कुनै मोर्चाको पक्षमा छैन : ईश्वर पोखरेल


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन–८४ अन्तर्गत बहुमत ल्याउने गरी एकताबद्ध भएर लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले पोखरा महानगर कमिटीको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने भन्दै सोही उद्देश्यका साथ अघि बढ्न निर्देशन दिए । उनले भने, ‘राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका लागि सबै राजनैतिक पार्टी एक ठाउँमा उभिनुको विकल्प छैन ।’

देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखि नै सुदृढ बनाउनुपर्नेमा जोड दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले समाजवादी मोर्चा, वामपन्थी एकताका भन्दा पनि कामपन्थी एकताको खाँचो औल्याए ।

पार्टी स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले आगामी निर्वाचनमा तीनवटै तहमा एमालेले बहुमत ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

आगामी निर्वाचनमा पोखरा महानगरपालिकाका ३३ वटै वडामा जित सुनिश्चित हुने गरी अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले विगतलाई बिर्सेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

एमाले पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दिलीप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य तथा पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, महानगर उपाध्यक्ष मोहन गुरुङ र सचिव जीवन आचार्यले धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  १० : ५६ बजे

सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर

काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत,

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले

साउनका लागि पशुपति क्षेत्रमा तयारी, सोमबार चारवटा लाइन राख्ने

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका