आज २०८१ साल असार १७ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल असार १७ गते सोमबारको राशिफल


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार १७ गते सोमबार तदनुसार सन् २०२४ जुलाइ १ तारिख। असार कृष्ण पक्षको दशमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : नयाँ ठाउँको यात्रा तय हुनेछ। आफन्त र साथीको सहयोग मिल्नेछ। नियमित खानपानमा समस्या हुँदा रोग बढ्ने हुनसक्छ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। कृषि क्षेत्रमा गरेको लगानीबाट पर्याप्त नाफा हुनेछ। मनमा उत्साह बढ्नाले रोग मुक्त हुने योग छ। परिवारलाई समय नदिँदा मनमुटाव हुनसक्छ।

मिथुन : सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। साथीभाइको काम गर्न पाउँदा मन खुशी हुनेछ। न्यायपूर्वक गरेको कामबाट फाइदा हुनेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ।

कर्कट : गोपनीयतामा ध्यान नदिँदा अवरोध सिर्जना हुनेछ। पुरानो रिस बोकेर हिँड्नेहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। शान्त भएर आफ्नो काममा लागेमा सफलता मिल्नेछ। समस्याको समाधान आफै खोज्नुपर्नेछ।

सिंह : तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। परिवारमा मेलमिलाप रहनेछ। राजनीतिक क्षेत्रमा भने विवाद हुने जोखिम छ। वैदेशिक रमझमले आकर्षण गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : निर्णय क्षमतालाई दरिलो बनाउनु राम्रो हुनेछ। सामाजिक कार्यमा विशेष रुचि बढ्नेछ। राजनीतितर्फ मन आकर्षित हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : राजनीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। न्यायिक क्षेत्रमा हुने खटपटीले तपाईंलाई फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। नयाँनयाँ अवसर प्राप्त हुनेछन्।

वृश्चिक : अनावश्यक यात्रामा निस्कनुपर्ने हुनसक्छ। तपाईंको कुरा काट्ने सक्रिय छन्। धार्मिक क्षेत्रमा झुकाव रहनेछ। परिवारमा शान्ति मिल्नेछ। मन शान्त बन्नेछ। नयाँ नयाँ योजनामा लगानी गर्दा फाइदा हुनेछ।

धनु : क्षमता प्रदर्शन गर्ने दिन हो। पदको दायित्व बोध हुनाले मनमा शान्ति मिल्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारबाट रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

मकर : आफन्तले असहयोग गर्नेछन्। बहुमतका आधारमा तपाईंको विजय निश्चित हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए सफल बन्नेछ। परिवारको माया प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दैनिक कार्यमा समस्याको सुरुवात हुनेछ। शान्त बसेर समस्याको समाधान खोज्नु राम्रो हुन्छ। शनि देवको पूजापाठ गरेमा संकट टर्ने देखिन्छ। व्यापारमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मीन : परिणाममुखी काम गर्ने बेलामा ढिलासुस्ती बढ्नेछ। बोलीका कारण विवाद बढ्नसक्छ। न्यायपूर्वक गरेको श्रमको उचित मूल्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : १३ बजे

एनपीएलमा लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा, कसले कति रन बनाए ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत छैटौं म्याच

शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको