एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र | Khabarhub Khabarhub

एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको काठमाडौंमा जारी राष्ट्रिय महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुँदैछ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हिजो सुरु भएको महाधिवेशनको बन्दसत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ ।

प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य २९९ र केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सचिवालयको निर्णय छ । साथै अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति छ ।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र घनश्याम भुसाल उठ्ने चर्चा भइरहेको छ ।

तर सर्वसम्मत रुपमा नेतृत्व चयन हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले दाबी गरेका छन् ।
महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।

 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : ०० बजे

रेडबुक पुनर्लेखनको माग गर्दै लोसपाको प्रदेशसभामा अवरोध 

जनकपुरधाम– आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल गर्न बोलाइएको

नयाँ पर्यटन गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’

नुवाकोट– नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ

लिम्चुङबुङमा आयातित मदिरा र पेय पदार्थ निषेध, सुर्ती-चुरोट पनि बेच्न नपाइने

उदयपुर- उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आयातित मदिरा, पेय पदार्थ र सुर्ती-चुरोट

अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय साउन २३ मा आउने 

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध रिटमा आगामी साउन

सकारलाई समर्थन फिर्ताको जानकारी संसद्‍मा, एमाले प्रतिपक्षमा बस्ने

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता