एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र « Khabarhub

एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको काठमाडौंमा जारी राष्ट्रिय महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुँदैछ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हिजो सुरु भएको महाधिवेशनको बन्दसत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ ।

प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य २९९ र केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सचिवालयको निर्णय छ । साथै अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति छ ।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र घनश्याम भुसाल उठ्ने चर्चा भइरहेको छ ।

तर सर्वसम्मत रुपमा नेतृत्व चयन हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले दाबी गरेका छन् ।
महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।

 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : ०० बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन