‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र | Khabarhub Khabarhub

‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–  म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ ।

बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भूतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्रयाक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो ।

गण्डकी प्रदेश सरकारको ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाबाट ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजीवी निर्माण सेवाले ५६ लाख ५२ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको बेनी नगरपालिकाका इन्जिनियर दिपेश केसीले बताए । कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कुनातर्फ टेवा पर्खाल निर्माण गरिएको थियो ।

विभिन्न ठाउँमा सय मिटर ढलान गर्ने काम सकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले बताए ।

बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बताए ।

पशुपालक कृषकसमेत रहेका पौडेलले सडक सुधार भएसँगै यसअघि बाँसबोटदेखि बेनी आउन ३० मिनेट लाग्ने गरेकोमा अहिले यात्रा अवधि छोटिएर १० मिनेट भएको बताए । बेनी सामुदायिक माथि, कुरिलाखर्कअर्थुङ्गेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयबासीले बताएका छन् ।

गत वर्ष अर्थुङ्गदेखि बाँसबोटसम्म करिब दुई सय मिटर सडक कालोपत्र भएको थियो । यो सडकले बेनी नगरपालिकाको ६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीहरूलाई जिल्ला सदरमुकाम बेनीलाई जोड्छ ।

बेनी–पुलाचौर सडकको एकपाटे, अवेचौर, पुरुण्डी खण्डमा स्तरोन्नति र बेनीको सङ्गमचोकदेखि हुलाकचोक खण्डमा ओभरले कालोपत्र गर्न सञ्चालित अर्को आयोजना पनि सम्पन्न हुने चरणमा छ ।

सडक बोर्ड नेपालको ७० लाख र बेनी नगरपालिकाको ३० लाख बजेट रहेको यो सडकअन्तर्गत एकपाटे, अवेचौरपुरुण्डी क्षेत्रमा चार सय मिटर सडक ढलान गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

ढलानको काम सकेर हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र गर्ने काम यही असार महिनासम्म सम्पन्न गर्ने तयारी गरेको निर्माण कम्पनीका सञ्चालक नवराज बरुवालले बताए ।

यो सडक स्तरोन्नतिका लागि एसएस विल्डर्सले ७६ लाख २१ हजार एक सय ९९ मा ठेक्का सम्झौता गरेको थियो । यो ठेक्काको काम सकिएपछि बेनीदेखि पुरुण्डीसम्मको सडक सहज हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : २३ बजे

संसद्ले सम्पादन गरेका काममा जालसाँची गरे विश्वास गर्ने निकाय बाँकी रहँदैन : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन

अलटाइम हिटको सूचीमा श्रीकृष्णको अन्तिम फिल्म ‘कोहिनूर’

काठमाडौं – दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्म ‘कोहिनूर’ अलटाइम हिट

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

काठमाडौं– नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर

एलन मस्कमाथि खनिए ट्रम्प, भने- सरकारी अनुदान नपाएको भए कम्पनी बन्द गरेर दक्षिण अफ्रिका फर्किसक्थे

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधेयकलाई लिएर विवाद चलिरहेको

एमालेको सरकारका कामप्रति नौ प्रतिशत जनतामात्रै सन्तुष्ट  छन् : डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेकपा एमाले