सानै उमेरमा फुल्ने कारण र घरेलु उपचार विधि « Khabarhub

सानै उमेरमा फुल्ने कारण र घरेलु उपचार विधि


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्त्री तथा पुरुष दुवैका लागि कपाल सुन्दर हुनु राम्रो मानिन्छ । बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिस कपाल झर्ने र फुल्ने समस्याबाट ग्रसित छन् ।

सामान्य अर्थमा कपाल फुले बुढ्यौली लाग्यो भनेर बुझिन्छ । तर आजकल कपाल सेतो हुदैमा मानिस बुढो हुदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरैको साझा समस्या हो ।

पुरुषमा पहिला देखिने सेतो कपाल कन्चट र महिलाहरुमा टाउकोको दायाबायाँ हुन्छ ।

कपाल झर्नबाट जोगाउन र उमेरमा नै फुलेको कपाल कालो बनाउन मानिस विभिन्न उत्पादन प्रयोग गर्छन् । तर यी उत्पादनमा केमिकल हुन्छन् । जसले कपाललाई हानी पुर्‍याउन सक्छ ।

वर्तमान समयमा कपालमा विभिन्न प्रकारका समस्याहरूले जन्म लिइरहेका छन् । कुनै प्रकारका सङ्क्रमण बढी रसायनयुक्त खानाको प्रयोग, अप्रमाणित स्याम्पुको प्रयोग आदि जस्ता विभिन्न कारणहरूले कपालमा अनेक रोगहरू उत्पन्न हुन्छन् ।

कपाल सानै उमेरमा फुल्ने कारणहरु हुनसक्छ :

१. सानै उमेरमा कपाल फुल्नुमा पोषणको कमी हुन सक्छ ।
२. भिटामिन डी, बी १२, जिङ्क, आइरन, क्याल्सियमको कमीले पनि कपाल फुल्न सक्छ ।
३. शरीरमा कुनै दीर्घरोग भएमा पनि उमेर अगावै कपाल फुल्न सक्छ ।
४. अत्यधिक वा नियमित औषधीको सेवनले पनि कपाल फुल्न सक्छ ।
५. रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तनले पनि चाडैँ कपाल फुल्दछ ।
६. पेटको गडबडी वा पेटको रोगका कारणले पनि सानै उमेरमा कपाल फुल्दछ ।
७. मदिरा, धुमपान, जंक फूड आदिको लामो सेवनले पनि सानै उमेरमा कपाल फुल्दछ ।
८. जथाभावी रासायनिक पदार्थ, प्रदूषणले पनि उमेर अगावै कपाल फुल्दछ ।
९. मानसिक तनाव अर्थात डिप्रेसनका कारणले पनि चाडैँ कपाल सेतो हुन सक्छ ।

कपाल फुल्ने समस्याबाट छुटकारा पाउन निम्नानुसारको उपचार पद्धति अपनाउनु जरुरी हुन्छ ।

घरेलु उपचार विधि

– समुद्रफललाई पानीमा पिसेर तीन महिनासम्म कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

– इन्द्रायणको बिउको वेल सेतो कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

– हर्रो, बर्रो, अमला निमको पात, मृगराज आदि सबैलाई बराबर मात्रामा लिई कालो गाईको पिसाबमा मिलाई पिसेर केही समयसम्म निरन्तर टाउकोमा लगाउनाले कपाल कालो हुन्छ ।

– शरदऋतुको समयमा छ भने हरियो अमला टिपेर १०/१२ वटा अमलाको भित्री माग फाली पिस्नुहोस् । पिसिसकेपछि उक्त धुलो टाउकोमा लगाउनाले कपाल कालो हुन्छ । यसलाई २/३ घण्टासम्म टाउकोमा लगाई साबुन प्रयोग नगरी नुहाउनुहोस् ।

– ताजा ओखरलाई दूधमा पकाई उक्त दूधबाट मथेर घ्यू निकाल्नुहोस् उक्त घ्यूलाई कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

कपाल फुलेको खासै कुनै उपचार हुँदैन । तर कारण जानेर उपचार गरेमा यो समस्या केहि हदसम्म कम हुनसक्छ । साथै कपालमा केमिकलयुक्त हेयर कलरको प्रयोग गर्नु हुदैन ।

त्यस्तै भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुन दिनु हुदैन । साथै सन्तुलित आहार तथा एन्टिअक्सिडेन्टयुक्त खानेकुरा खाने, गुणस्तरयुक्त सावुन तथा स्याम्पुको प्रयोग गरेमा कपाल फुल्नबाट बच्न सकिन्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तक 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : १३ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको