सामाजिक काममा सहकार्य चाहिन्छः मन्त्री चौधरी | Khabarhub Khabarhub

सामाजिक काममा सहकार्य चाहिन्छः मन्त्री चौधरी


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सामाजिक काममा कुनै व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने हुँदा सबैको हातेमालो जरुरी रहेको बताएकी छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आज सशस्त्र प्रहरी परिवार महिला सङ्घको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सेवाभावलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन् ।

उनले राज्यको दरिलो खम्बा बनेर विपद् तथा प्रकोपमा परेकाहरुको आशा र भरोसाका रुपमा रहेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको साथ र सहयोगमा अग्रणी भूमिका निर्वाह गर्न जीवनसङ्गिनीहरुको त्याग र समर्पण महत्वपूर्ण रहेको बताइन् ।

मन्त्री चौधरीले सशस्त्र प्रहरी परिवार महिला सङ्घले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, विपद्पीडितहरुको सहयोगलगायत विविध जनचेतनामूलक कार्यक्रममा देखाएको अग्रसरताको प्रशंसा पनि गरिन् ।

सो क्रममा निमित्त प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले वार्षिकोत्सवका अवसरमा आयोजित दोस्रो खुला महिला हाफ म्याराथनका विजयी खेलाडीलगायत उत्कृष्ट कार्य गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घकी उपाध्यक्ष सावित्राकुमारी जैसीले विभिन्न निजी तथा सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल छात्रछात्रालाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : २२ बजे

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ

पंक्षीको मासु नखाने खेवा लिम्बूहरूको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।