सामाजिक काममा सहकार्य चाहिन्छः मन्त्री चौधरी « Khabarhub

सामाजिक काममा सहकार्य चाहिन्छः मन्त्री चौधरी


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सामाजिक काममा कुनै व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने हुँदा सबैको हातेमालो जरुरी रहेको बताएकी छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आज सशस्त्र प्रहरी परिवार महिला सङ्घको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सेवाभावलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन् ।

उनले राज्यको दरिलो खम्बा बनेर विपद् तथा प्रकोपमा परेकाहरुको आशा र भरोसाका रुपमा रहेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको साथ र सहयोगमा अग्रणी भूमिका निर्वाह गर्न जीवनसङ्गिनीहरुको त्याग र समर्पण महत्वपूर्ण रहेको बताइन् ।

मन्त्री चौधरीले सशस्त्र प्रहरी परिवार महिला सङ्घले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, विपद्पीडितहरुको सहयोगलगायत विविध जनचेतनामूलक कार्यक्रममा देखाएको अग्रसरताको प्रशंसा पनि गरिन् ।

सो क्रममा निमित्त प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले वार्षिकोत्सवका अवसरमा आयोजित दोस्रो खुला महिला हाफ म्याराथनका विजयी खेलाडीलगायत उत्कृष्ट कार्य गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घकी उपाध्यक्ष सावित्राकुमारी जैसीले विभिन्न निजी तथा सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल छात्रछात्रालाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : २२ बजे

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न

काजी र मितज्यू हलमा

काठमाडौं – आजबाट दुई नेपाली फिल्म हलमा लागेका छन् ।