सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग गर्दै मधेस प्रदेश  « Khabarhub

सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग गर्दै मधेस प्रदेश 


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशका सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरिने भएको छ । ‘इ–गभर्नेन्स’ कार्यान्वयन गर्ने सम्बन्धमा सम्बन्धित निकाय एवं विज्ञसँग छलफल भएको छ । 

देशभरि इ–गभर्नेन्ससँग सम्बन्धित असल अभ्यास मधेस प्रदेशमा लागू गर्ने विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो । 

प्रदेशका सार्वजनिक निकायबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी, सहज र तीव्र बनाउन इ–गभर्नेन्स लागू गरिने मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहन साहले बताए ।

 उनले भने, ‘पहिले सरकारको तहमा ‘डिजिटलाइजेसन’ अभ्यास सुरु गरिनेछ अनि क्रमिक रूपमा सेवाग्राहीसँगै सरोकारवाला सबैलाई डिजिटलाइजेसनमा समेटिनेछ ।’

आयोगका उपाध्यक्ष साहले प्रदेश इ–गभर्नेन्स लागू गर्दा आफैँ स्वामित्व लिनेगरी र आफ्नै स्रोतले गर्ने जानकारी दिए। उनले इ–गभर्नेन्स मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यक्रमबाटै सुरु हुने बताए। 

उनका अनुसार आरम्भमा मधेस प्रदेशका चारवटा स्थानीय सरकारका साथै सेवाग्राहीको अत्यधिक चाप हुने कार्यालयमा इ–गभर्नेन्स सुरु गरिनेछ । सरकारी कार्यालयसँगै विकास साझेदारका कार्यक्रमलाई पनि इ–गभर्नेन्सभित्र समेट्न सकिए तथ्यांकमा आधारित परिणाम प्रतिविम्ब र सुशासन सुनिश्चित हुने डा साहले बताए।

सूचना प्रविधिको माध्यमबाट मधेस प्रदेशका सार्वजनिक कार्यालयले प्रभावकारी ढंगले पारदर्शिता कायम गर्दै सेवा प्रवाह गर्ने विश्वास उपाध्यक्ष साहले व्यक्त गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १२ : ३६ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य