मौलिक शैलीमा बन्यो काठमाडौं ८ को भवन, बालेन र सुनिताको उपस्थितिमा उद्घाटन « Khabarhub

मौलिक शैलीमा बन्यो काठमाडौं ८ को भवन, बालेन र सुनिताको उपस्थितिमा उद्घाटन


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ८ को भवन बिहीबार उद्घाटन गरिएको छ । २०७९ माघ १३ गते शिलान्यास गरेर जयवागेश्वरीमा बनाउन थालिएको उक्त भवन मौलिक शैली र स्थानीय संस्कृति झल्किने किसिमको छ ।

महानगरपालिकाको तीन करोड रुपैयाँ लागतमा बनाएको भवनको बिहीबार महानगरपालिकाका प्रमुख बालेन साह र उपमेयर सुनिता डंगोलको उपस्थितिमा उद्घाटन गरिएको छ । यो भवनको शिलान्यास कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले गरेका थिए ।

पशुपति क्षेत्र विस्तारका क्रममा २५ वर्षअघि वडा भवन भत्काइएको थियो । भवन भत्काइएपछि पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय चलिरहेको थियो ।

नयाँ भवन त्यससँगैको नेपाल वेद विद्याश्रमको नाममा रहेको जग्गामा बनाइएको हो । यो भवनको तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका थिए ।

तर वेद विद्याश्रमले विरोध गरेपछि काम रोकिएको थियो । तर पछिल्लो पटक कोषले निर्माण गर्न पत्र दिएपछि भवन तयार भएको हो ।

कार्यक्रममा वडाध्यक्ष सङ्गतले लामो समयको प्रयासपछि भवन बनेकोमा खुसी व्यक्त गरेका छन् । उनले नक्साअनुसार सांस्कृतिक र मौलिकताले भरिएको भवन तयार भएको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ४ : ०१ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको