पर्वतमा डेङ्गुका बिरामीको चाप बढ्यो | Khabarhub Khabarhub

पर्वतमा डेङ्गुका बिरामीको चाप बढ्यो


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

पर्वत– पछिल्लो एक सातायता पर्वत अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको छ । अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका सरदर तीन सयभन्दा बढी बिरामी आउने गरेका छन् । 

अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने लक्षण देखिएको छ भने सोही मात्रामा डेङ्गुका लक्षण देखिएका बिरामीको सङ्ख्यासमेत अत्यधिक रहेको छ । 

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाका कारण पछिल्लो समय जटिल खालका डेङ्गुका बिरामी भेटिएका छन् । यसवर्ष पर्वत अस्पतालमा डेङ्गु पत्ता लागेका १० बिरामीमध्ये दुईजना गम्भीर छन् । 

डा बाँस्तोलाले भने, ‘उनीहरुलाई भर्ना गरेरै उपचार गरिरहेका छौँ ‘। 

वर्षासँगै बढेको अत्याधिक गर्मीका कारण पनि डेङ्गुका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । त्यस्तै प्रतिकूल मौसमका कारण भाइरल ज्वरोका बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । जटिल खालका बिरामीलाई विशेष परीक्षण गर्ने गरिएको डा बाँस्तोलाले बताए । 

‘सामान्य अवस्थाको तुलनामा करिब दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ । हामीले एकै दिनमा तीन सय भन्दाबढीको स्वास्थ्य परीक्षण गरेका छौंँ’, डा बाँस्तोलाले भने । 

गर्मीयाम, दूषित पानीको प्रयोग, लामखुट्टेबाट नजोगिँदा बिरामीको सङ्ख्या बढी मात्रामा देखिएको हो । उनले डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुनै सर्वोत्तम उपाय हुने बताए । यसका लागि नियमित झुलको प्रयोग गर्ने, घरवरिपरी सफा पानी जम्मा हुने ठाउँ सफा गर्नुपर्ने, झोलिलो र पोसिलोयुक्त खानपान गर्नाले दुवै रोगबाट बच्न सकिने डा बाँस्तोलाको सुझाव रहेको छ । 

अस्पतालमा रहेका ५६ शय्यामा भाइरलका बिरामी भरिभराउ छन् । अधिकांश उपचार गरेर फर्किने गरेका छन् । यस्तै स्वास्थ्य बीमा गरेपछि पनि स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको र उनीहरूले स्वास्थ्यमा सामान्य समस्या आउँदा साथ नै स्वास्थ्य परीक्षणको लागि अस्पतालमा पुग्ने गरेका छन् ।

 पन्ध्र शय्याको अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको क्षमतामा सञ्चालन गरिएको भए पनि जनशक्ति अभावमा भने समस्या रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको गुनासो छ । 

उनका अनुसार १५ शय्याको अस्पताल भए पनि ४१ शय्या अस्पताल व्यवस्थापन समितिले व्यवस्थापन गरेर अहिले ५६ शय्यामा बिरामी भर्ना गरिएको छ । पर्वत अस्पतालसँगै पर्वतका निजी अस्पताल, मेडिकल र ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्यचौकीमा पनि डेङ्गुका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् । 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ४ : ५१ बजे

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली – विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क

एक थोपा रगत नबग्ने र एकजना घाइते नहुने गरी चुनाव गराउने प्रयासमा छु: प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र

आजका समाचार : सडकमा निस्किए विप्लव, साथ नदिनेसँग बदला लिँदै माधव, कांग्रेशमा महाधिवेशन विवाद सुल्झिएन र आरसीबीलाई बेच्ने तयारी

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल

‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ’

बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन