खोलाले बगाएका पतिलाई प्रहरीले बचायो, पत्नीको शव भेटियो « Khabarhub

खोलाले बगाएका पतिलाई प्रहरीले बचायो, पत्नीको शव भेटियो


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

बर्दिया– जिल्लाको बाँसगढी नगरपालिका-३ माहादेवा बस्ने दम्पतीलाई बुधबार दिउँसो खोलाले बगाएको छ।

स्थानीय मानखोलाले बगाएर ३५ वर्षीया पार्वती थारूको मृत्यु भएको छ भने उनका पतिलाई प्रहरीले बचाउन सफल भएको छ।

पार्वती र श्रीमान् जागु थारूलाई उक्त खोलाले बुधबार दिउँसो बगाएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय मोतिपुर र सशस्त्र प्रहरी बल सुरक्षा गण कतर्नियाको संयुक्त टोलीले जागुको सकुशल उद्धार गरेको छ ।

उनलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको थियो । खोलाले बगाएर बेपत्ता पार्वतीको खोजी गर्ने क्रममा बाँकेको बैजनाथ गाउँपालिका-६ सिमलकुनास्थित खोला किनारमा शव भेटिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ६ : ५९ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर