वीरगञ्ज भन्सारबाट दुई हजारभन्दा बढी सवारी आयात | Khabarhub Khabarhub

वीरगञ्ज भन्सारबाट दुई हजारभन्दा बढी सवारी आयात


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालय विद्युतीय सवारी साधनभन्दाको तुलनामा इन्धनबाट चल्ने धेरै सवारिसाधन आयात हुने भएको छ ।

 वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा नाका हुँदै एक हजार चार सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएकामा सोही अवधिमा यो नाका हुँदै पाँच सय ११ वटा विद्युतीय सवारी आयात भएको देखिएको छ ।

वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आवमा रु दुई अर्ब १९ करोड ८९ लाख ९९ हजार बराबरका इन्धनबाट चल्ने एक हजार चार सय ३५ वटा जीप, कार र भ्यान आयात भएका छन् । ती सवारिसाधन आयात हुँदा भन्सार कार्यालयले रु चार अर्ब ९६ करोड ९२ लाख १८ हजार राजस्व आम्दानी गरेको छ । 

आव २०७९-८० मा भने यो कार्यालय हुँदै रु एक अर्ब ७८ करोड ८७  लाख ६७ हजार मूल्य बराबरको एक हजार एक सय ४९ वटा जिप, कार र भ्यानहरू आयात भएका थिए । ती सवारिसाधन आयात हुँदा राज्यले चार अर्ब नौ  करोड ५९ लाख १३ हजार राजस्व आम्दानी गरेको थियो । 

आव २०७९-८० को तुलनामा आव २०८०-८१ मा दुई सय ८६ वटा बढी इन्धनबाट चल्ने जिप, कार र भ्यानहरू आयात भएको छ । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले आव २०७९-८० को तुलनामा आव २०८०-८१ मा सवारीसाधनको आयात घट्दा पनि लक्ष्य अनुसारको राजस्व पछ्याउन नसकिएको बताए। 

आव २०८०-८१ मा रु एक अर्ब १४ करोड ५० लाख ६७ हजार मूल्य पर्ने पाँच सय ११ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती सवारिसाधन आयात हुँदा कार्यालयले रु ५८ करोड १३ लाख १३ हजार मात्रै राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार आव २०७९-८० मा यो भन्सार कार्यालय हुँदै रु एक अर्ब ५३ करोड मूल्य पर्ने तीन सय ९६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए ।सो आवमा यो कार्यालयले भन्सारवापत रु ६० करोड ८८ लाख ६२ हजार संकलन  गरेको छ ।

आव २०८०-८१ मा रु ३५ करोड ३८ लाख ४० हजार मूल्य पर्ने दुई सय ४० वटा डबल क्याव पिकअप सवारी आयात भएको थियो । सो गाडी आयात हुँदा ५९ करोड ८४ लाख ४१ हजार राजस्व संकलन भएको थियो । जबकी आव २०७९-८० मा भने एक अर्ब १० करोड १३ लाख मूल्य पर्ने सात सय ७५ वटा डबल क्याव पीकअप गाडी आयात भएको थियो । ती गाडी आयात हुँदा राजस्व भने रु एक अर्ब ५५ करोड ४३ लाख १९ हजार संकलन भएको थियो । सङ्ख्यात्मक रुपमा हेर्दा आव २०७९-८० को तुलनामा गत आवमा पाँच सय ३५ वटा कम आयात भएको थियो ।

आव २०८०-८१ मा रु २७ करोड ४४ लाख ८९ हजार मूल्य पर्ने दुई हजार छ सय १३ वटा मोटरसाइकल आयात भएको थियो । जसबाट रु ३४ करोड ५४ लाख १० हजार राजस्व संकलन भएको छ । जबकी आव २०७९-८० मा भने रु ८३ करोड १९ लाख दुई हजार मूल्य पर्ने आठ हजार  सय ९५ थान मोटरसाइकल आयात हुँदा एक अर्ब १८ लाख राजस्व संकलन भयो । आव २०७९-८० को तुलनामा आव २०८०-८१ मा मोटरसाइकलका सङ्ख्याको आधारमा ६९ दशमलव ९५ प्रतिशत र राजस्वको आधारमा ६५ दशमलव ५२ प्रतिशतले घटेको छ ।  

आव २०८०-८१ मा ९९ करोड ८४ लाख २३ हजार मूल्य पर्ने चार सय ७८ वटा ट्रक, मिनि ट्रक आयात हुँदा रु ५७ करोड नौ लाख २४ हजार राजस्व संकलन भएको छ । आव २०७९-८० मा भने रु ८३ करोड ७४ लाख ६९ हजार मूल्यका तीन सय ५४ वटा ट्रक, मिनी ट्रकको आयात हुँदा राज्यले रु ४८ करोड ३२ लाख नौ हजार राजस्व संकलन गरेको थियो । 

आव २०७९-८० को तुलनामा सङ्ख्यात्मक रुपमा ती गाडीको आयात ३५ दशमलव ३ प्रतिशतले बढेको छ । भने सोही अवधिमा राजस्व पनि १८ दशमलव १५ प्रतिशतले बढेको छ । कार्यालयका अनुसार गत आवमा आयात भएका सवारिसाधन र सवारीसाधनसँग सम्बन्धित पार्टसले कूल राजस्व संकलनमा  आठ दशमलव २८ प्रतिशत हिस्सा ओगट्ने बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ७ : १५ बजे

काठमाडौं उपत्यकामा चहलपहल बढ्न थाल्यो

काठमाडौं– बडादसैँ अन्तर्गत टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल बढेको

चलचित्र ‘१२ गाउँ’ युट्युबमा लिक 

काठमाडौं– नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । ‘समिर

फलफूलको मूल्य अकासियो

काठमाडौं– दशैँमा टिका थाप्न जादा कोसेली स्वरुप उपभोक्ताहरूले फलफूल खरिद

लमजुङमा जिप दुर्घटना हुँदा १९ जना घाइते

लमजुङ – लमजुङमा जिप दुर्घटना हुँदा १९ जना घाइते भएका

चट्टान तोडेर जोडियो सडकसँग मुड्केचुलाका तीन वडा

काँक्रेविहार– चट्टानका कारण निर्माणमा ढिलाइ भएको डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुना