कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयका प्रतिवेदनमा छलफल हुने | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयका प्रतिवेदनमा छलफल हुने


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी गरिएको छ ।

यसअघि गत साउन २३ गते सुरु भएको बैठक सहमति नजुट्दा स्थगित हुँदै आएको छ । साउन २८ गतेसम्म चलेर भदौ ७ गतेसम्मका लागि सारिएको बैठक भदौ १२ हुँदै आजसम्म आइपुगेको हो ।

सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग दुईपटक छलफल गरे पनि सहमति हुन नसकेपछि शनिबार पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक राखेका थिए । बैठकमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको दाबी गरिएको छ ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय कांग्रेसमा विवादित छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : २९ बजे

राष्ट्रपतिकहाँ पुग्दै सहकारीसम्बन्धी अध्यादेश, राखियो बचत फिर्ता र मिलापत्रको व्यवस्था

काठमाडौं- सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न

इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो

एजेन्सी – इरानी अधिकारीहरूले आधिकारिक रूपमा ह्वाट्सएप र गुगल प्ले

अरबैजानको विमान कजाखस्तानमा खस्यो, सवार थिए ६७ यात्रु

एजेन्सी – कजाखस्तानको अकताऊ शहरमा बुधबार मध्याह्न ६७ यात्रु सवार

‘सहकारी ठगीमा मुछिएका सबै व्यक्ति छानबिनमा तानिन्छन्’

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी

बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने मन्त्रालयको तयारी  

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध,