फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार  ?

By खबरहब

September 01, 2024

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य १ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।