भूकम्प सुरक्षा दिवसमा कृत्रिम अभ्यास « Khabarhub

भूकम्प सुरक्षा दिवसमा कृत्रिम अभ्यास


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– २७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आज जिल्ला सदरमुकाम जलेश्वरमा सुरक्षाकर्मीले खोजी, उद्धार र उपचारसम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जलेश्वर नगरपालिका– २ स्थित दुर्गा चोकमा सुरक्षाकर्मीले उक्त कृत्रिम अभ्यास प्रदर्शन गरेका हुन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस शाखा कार्यालयको संयुक्त टोलीले भूकम्पका बेला हुनसक्ने भौतिक तथा मानवीय हानीनोक्सानीका बेला गरिने खोजी, उद्धार र उपचार प्रक्रियाबारे कृत्रिम अभ्यास प्रस्तुत गरेका थिए ।

उक्त प्रदर्शनी पश्चात् प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले नगरवासीलाई भूकम्पबाट बच्न, बचाउन अपनाउनुपर्ने सावधानीका बारेमा बताएका थिए । कृत्रिम अभ्यास हेर्न सयौँको सङ्ख्यामा सर्वसाधारण जम्मा भएका थिए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : ५१ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये