कसैलाई टीका लगाइदिएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने कुरा हुँदैन : प्रचण्ड « Khabarhub

कसैलाई टीका लगाइदिएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने कुरा हुँदैन : प्रचण्ड


१६ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

बाँके- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्व टीका लगाएर हस्तान्तरण गर्ने कुरा नभएको बताएका छन् ।

आइतबार प्रेस सेन्टर नेपाल बाँकेले नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर मात्रै नेतृत्व हस्तान्तरण गर्न सकिने जिकिर गरे ।

उनले नेतृत्व टीका लगाएर दिइने कुरा नभएको जिकिर गरे । आफूले पार्टीको नेतृत्व गरेको ३५-३६ वर्ष पुगिसकेको उल्लेख गर्दै उनले नेतृत्वमा बसिरहने रहर नभएको बताए ।

‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैं म मात्रै नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘पार्टीको आवश्यकता, साथीहरूको जोडबल र जनभावनाले गर्दा ३५/३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु ।’

पार्टी नेता-कार्यकर्ताबाट आफूलाई नै पार्टीको नेतृत्व निरन्तर गर्न दबाब आएको प्रचण्डले उल्लेख गरे ।

मुलुकका लागि आफू नेतृत्वको सरकारले असाधारण काम गरेकाले हटाइएको जिकिर पनि उनले गरेका छन् । प्रचण्डले अहिलेको सरकार बिचौलियाल नै बनाएको आरोप लगाएका छन् ।

उनले संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छाविपरीत काम गरिरहेकोसमेत बताए । प्रचण्डले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै अहिले माओवादी नै नयाँ शक्ति भएको दाबी गरे ।

दाहालले माओवादी फुट्छ भन्ने हल्ला निराधार भएको दाबी गर्दै अब झन् एकढिक्का भएको बताए । समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लगेर टुटफुट भएका माओवादी घटकसँग एकता अघि बढ्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

अहिले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको दाहालले बताए । ‘सरकारमा जानुभन्दा पार्टी निर्माणमा लागिरहेका छौँ’, उनले भने, ‘अब चार महिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढीकरण गरेर लैजान्छौँ ।’

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  १२ : ५४ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल