माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु « Khabarhub

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ।

भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेशले जनाएको छ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो। जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ।

बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेर सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको राय सुझाव लिने गरेका छन् ।

बैठकमा उपमहासचिवसम्मका केन्द्रीय पदाधिकारीले पनि सम्बोधन गर्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ ।

केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : २५ बजे

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग