पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु « Khabarhub

पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रौतहट– मधेश काठमाडौं जोड्ने द्रुतमार्ग अन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एक जना व्यवसायीको मृत्यु भएको छ ।

सिम्रौनगढतर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्बरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउँदै गरेको मौलापुर नगरपालिका ८ सोनरनियाका ५५ बर्षिय अधिकारी यादवलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ठक्कर दिने पिकअप भ्यानसहित सवार कोल्हवी १ का साजन चौधरी र प्रिन्स जयसवाललाई इलाका प्रहरी कार्यालय कोलहभिले नियन्त्रणमा लिएको छ ।

कोलहभिका सई लालु यादवले पक्राउ परेका दुवै जनाले एक अर्कामाथि गाडी चलाएको विवादास्पद बयान दिएको तथा थप अनुसन्धान भइरहेको बताएका छन् ।

मृतक यादवको शव प्रादेशिक अस्पताल कलैया पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ४ : ३६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले