आम किसान मोर्चाको केन्द्रीय अध्यक्षमा अनिल झा निर्वाचित « Khabarhub

आम किसान मोर्चाको केन्द्रीय अध्यक्षमा अनिल झा निर्वाचित


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट अनिल झाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन भएको छ ।

भेलाले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, किसानलाई मल खाद्य, बिउ विजन, सिचाई लगायतको व्यवस्था गर्नुपर्ने माग सरकारसँग गरेको छ । यसै गरी किसान मोर्चाले किसानलाई डिडिसीले तिर्नुपर्ने दूधको बाँकी बक्यौता रकम तत्काल तिर्नुपर्ने, किसानलाई सहज रूपमा न्यून ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, किसानको नाममा बिचौलियाले गरिरहेको लुट धन्धा नियन्त्रण गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग मोर्चाले गरेको छ ।

आजपा नेता मनोजकुमार यादव इन्चार्ज, उमाशंकर साह सहइन्चार्ज रहेको किसान मोर्चाको अध्यक्षमा अनिल झा, उपाध्यक्षमा लोकमान मन्सुरी, विमल कंडेल, महासचिवमा रामसागर महासेठ, सचिवमा दिनेश साह, वशिष्ठ कुशवाहा, कोषाध्यक्षमा कोशिला देवी रहेका छन् ।

यसै गरी सदस्यहरुमा शम्भु कुशवाहा, मदन साह, ममता चौधरी, सुगन्धी पासवान, अवधकिशोर साह, प्रमेश्वर साह, सुवास कुशवाहा, अम्बिका साह, सुरेन्द्र मण्डल, भाईकाजी सापकोटा, रामबिनय प्रसाद पटेल, किरण यादव, बिना देवी खत्वे, तुलसी विक, दिपेन्द्र बराल, श्यामकिशोर साह, धर्मेन्द्र गुप्ता, मोतिलाल साह, कल्पना लामिछाने, अवधकिशोर साह, फेकन मण्डल, पुनम पटेल, सुरेन्द्र मण्डल, धनपत साह, बिजय महतो मनोज प्रसाद चौधरी लगायतका रहेको आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ५ : ३२ बजे

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो