आम किसान मोर्चाको केन्द्रीय अध्यक्षमा अनिल झा निर्वाचित « Khabarhub

आम किसान मोर्चाको केन्द्रीय अध्यक्षमा अनिल झा निर्वाचित


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट अनिल झाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन भएको छ ।

भेलाले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, किसानलाई मल खाद्य, बिउ विजन, सिचाई लगायतको व्यवस्था गर्नुपर्ने माग सरकारसँग गरेको छ । यसै गरी किसान मोर्चाले किसानलाई डिडिसीले तिर्नुपर्ने दूधको बाँकी बक्यौता रकम तत्काल तिर्नुपर्ने, किसानलाई सहज रूपमा न्यून ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, किसानको नाममा बिचौलियाले गरिरहेको लुट धन्धा नियन्त्रण गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग मोर्चाले गरेको छ ।

आजपा नेता मनोजकुमार यादव इन्चार्ज, उमाशंकर साह सहइन्चार्ज रहेको किसान मोर्चाको अध्यक्षमा अनिल झा, उपाध्यक्षमा लोकमान मन्सुरी, विमल कंडेल, महासचिवमा रामसागर महासेठ, सचिवमा दिनेश साह, वशिष्ठ कुशवाहा, कोषाध्यक्षमा कोशिला देवी रहेका छन् ।

यसै गरी सदस्यहरुमा शम्भु कुशवाहा, मदन साह, ममता चौधरी, सुगन्धी पासवान, अवधकिशोर साह, प्रमेश्वर साह, सुवास कुशवाहा, अम्बिका साह, सुरेन्द्र मण्डल, भाईकाजी सापकोटा, रामबिनय प्रसाद पटेल, किरण यादव, बिना देवी खत्वे, तुलसी विक, दिपेन्द्र बराल, श्यामकिशोर साह, धर्मेन्द्र गुप्ता, मोतिलाल साह, कल्पना लामिछाने, अवधकिशोर साह, फेकन मण्डल, पुनम पटेल, सुरेन्द्र मण्डल, धनपत साह, बिजय महतो मनोज प्रसाद चौधरी लगायतका रहेको आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ५ : ३२ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद