सांसदहरूलाई शंकर शर्माले भने- भारतका लागि राजदूतमा दोहोर्‍याएको जवाफ सरकारसँग माग्नू « Khabarhub

सांसदहरूलाई शंकर शर्माले भने- भारतका लागि राजदूतमा दोहोर्‍याएको जवाफ सरकारसँग माग्नू


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले दुई देशबीच आर्थिक सहयोग र विकासलाई अगाडि बढाउन प्रतिवद्ध रहेको बताएका छन् ।

आइतबार सिंहदबरबारमा बसेको संसदीय सुनुवाइ समितिमा कार्ययोजना पेश गर्दै शर्माले क्रस बोर्डर, पूर्वाधार, वित्तीय कनेक्टिभिटी र भारतबाट नेपालमा भएको लगानी वृद्धिकोको गतिलाई निरन्तरता दिन आवश्यक भूमिका निर्वाह गर्नेसमेत बताए ।

उनले द्विपक्षीय सम्बन्धलाई सम्बोधन र सुधार गर्न विद्यमान करिब तीन दर्जन सरकारीस्तरका संयन्त्रहरूको बैठक छिटो गर्ने प्रयास गर्नेसमेत बताएका छन् ।

नयाँ दिल्लीमा गैरआवसीय दूतावास भएका १३० वटाभन्दा बढी देशहरूसँगको साझेदारीलाई बढवा दिने उनले बताए । त्यस्तै अन्य दुईपक्षीय संयन्त्रको बैठकलाई पनि निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका छन् ।

त्यस्तै, उनको कार्ययोजनामा पूर्वाधारतर्फ बिजुलापुरदेखि बर्दिबाससम्मको रेलमार्गको कामलाई तीव्रता दिन, रक्सौल–काठमाडौं रेललाई अगाडि बढाउन, टनकपुर–महेन्द्रनगर लिंक रोड बनाउन, सिरसा, झुलाघाट र दार्चुलाको पुल निर्माण गर्न र भारतबाट आउने थप हवाइ मार्गका लागि प्रयत्न गर्ने उल्लेख छ ।

त्यसैगरी, व्यापार, विद्युत, लगानी, पर्यटनलगायतका क्षेत्रमा उनले कार्ययोजना पेश गरेका छन् । डा. शर्मा पहिलो कार्यकाल नसकिँदै राजदूतबाट फिर्ता बोलाइएका थिए । उनी पुनः राजदूतमा सिफारिस भएका हुन् ।

समिति सदस्यहरूको प्रश्नमा शर्माले आफूलाई पुन: भारतीय राजदूतमा प्रस्ताव गरेको विषयको जवाफ आफूसँग नभई सरकारले जवाफ दिनुपर्ने बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ५ : ५९ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको