सांसदहरूलाई शंकर शर्माले भने- भारतका लागि राजदूतमा दोहोर्‍याएको जवाफ सरकारसँग माग्नू « Khabarhub

सांसदहरूलाई शंकर शर्माले भने- भारतका लागि राजदूतमा दोहोर्‍याएको जवाफ सरकारसँग माग्नू


१६ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले दुई देशबीच आर्थिक सहयोग र विकासलाई अगाडि बढाउन प्रतिवद्ध रहेको बताएका छन् ।

आइतबार सिंहदबरबारमा बसेको संसदीय सुनुवाइ समितिमा कार्ययोजना पेश गर्दै शर्माले क्रस बोर्डर, पूर्वाधार, वित्तीय कनेक्टिभिटी र भारतबाट नेपालमा भएको लगानी वृद्धिकोको गतिलाई निरन्तरता दिन आवश्यक भूमिका निर्वाह गर्नेसमेत बताए ।

उनले द्विपक्षीय सम्बन्धलाई सम्बोधन र सुधार गर्न विद्यमान करिब तीन दर्जन सरकारीस्तरका संयन्त्रहरूको बैठक छिटो गर्ने प्रयास गर्नेसमेत बताएका छन् ।

नयाँ दिल्लीमा गैरआवसीय दूतावास भएका १३० वटाभन्दा बढी देशहरूसँगको साझेदारीलाई बढवा दिने उनले बताए । त्यस्तै अन्य दुईपक्षीय संयन्त्रको बैठकलाई पनि निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका छन् ।

त्यस्तै, उनको कार्ययोजनामा पूर्वाधारतर्फ बिजुलापुरदेखि बर्दिबाससम्मको रेलमार्गको कामलाई तीव्रता दिन, रक्सौल–काठमाडौं रेललाई अगाडि बढाउन, टनकपुर–महेन्द्रनगर लिंक रोड बनाउन, सिरसा, झुलाघाट र दार्चुलाको पुल निर्माण गर्न र भारतबाट आउने थप हवाइ मार्गका लागि प्रयत्न गर्ने उल्लेख छ ।

त्यसैगरी, व्यापार, विद्युत, लगानी, पर्यटनलगायतका क्षेत्रमा उनले कार्ययोजना पेश गरेका छन् । डा. शर्मा पहिलो कार्यकाल नसकिँदै राजदूतबाट फिर्ता बोलाइएका थिए । उनी पुनः राजदूतमा सिफारिस भएका हुन् ।

समिति सदस्यहरूको प्रश्नमा शर्माले आफूलाई पुन: भारतीय राजदूतमा प्रस्ताव गरेको विषयको जवाफ आफूसँग नभई सरकारले जवाफ दिनुपर्ने बताए ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ५ : ५९ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल