देउवाले भने- प्रचण्डबाट धोका पाएँ, ओली साथी हुन्, सँगै जेल बसेका « Khabarhub

देउवाले भने- प्रचण्डबाट धोका पाएँ, ओली साथी हुन्, सँगै जेल बसेका


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट पटक पटक धोका पाएको गुनासो गरेका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै देउवाले यस्तो बताएका हुन् ।

‘मैले प्रचण्डलाई कहिले पनि धोका दिइनँ । बरु प्रचण्डबाट पटक पटक धोका पाएँ’, उनले भने ।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताए । ‘सत्य कुरा के हो भने ओलीजीसँग मेरो सम्बन्ध राम्रो छ । सँगै जेल बसेको मान्छे हो हामी’, देउवाले भने, ‘दु:ख गरेको राम्रो मान्छे हो उहाँ ।’

उनले देशमा समानुपातिक व्यवस्था हुन्जेल कुनै पनि दलको बहुमत नआउने बताए । ‘यही अवस्थामा कुनै पार्टीको बहुमत आउने छैन । समावेशी समानुपातिक व्यवस्था रहेसम्म कुनै पनि पार्टीले एक्लै सरकार बनाउन सक्दैनन्’, उनले भने, ‘अहिले एमालेसँगको गठबन्धनमा समस्या आउँछ भनेर डराएर हुँदैन । यो व्यवस्था रहेसम्म कुनै पनि पार्टीसँग मिल्नुपर्ने बाध्यता छ ।’

उनले एमालेसँग मिलेर सरकार बनेपछि देशभर नेता कार्यकर्तामा उत्साह थपिएको बताए । देउवाले गठबन्धनको विपक्षमा नबोल्न पनि निर्देशन दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : १२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले