इजरायलको आक्रमण निरन्तर : लेबनानमा एक हजारको मृत्यु हुँदा १० लाख विस्थापित « Khabarhub

इजरायलको आक्रमण निरन्तर : लेबनानमा एक हजारको मृत्यु हुँदा १० लाख विस्थापित


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

लेबनान – इजरायलको आक्रमणपछि लेबनानमा १० लाख विस्थापित भएका छन्। आक्रमणमा परेर एक हजार भन्दा बढीको ज्यान गएको अनुमान गरिएको छ।

सोमबारदेखि इजरायलले दक्षिणी लेबनानमा जमिन आक्रमण सुरु गरेको छ। लेबनानका गाउँहरूमा धुवाको मुस्लो प्रस्ट देख्न सकिन्छ। इजरायलको आक्रमण लगत्तै त्यहाँ असामान्य जनजीवन सुरु भइसकेको छ।

सोमबार नै इजरायलको क्याबिनेट बैठकले जमिन आक्रमण सुरु गर्ने निर्णय गरे लगत्तै दक्षिणी लेबनानलाई निशाना बनाइएको हो।

जमिन आक्रमण सुरु गर्नु अगाडि भएको हवाई आक्रमणमा ९५ जनाको ज्यान गइसकेको थियो। बेरुतको डाहिएमा यसरी भीषण आक्रमण गर्नुअघि इजरायलले धेरै पटक त्यहाँका स्थानीयलाई घर छाड्न भनिसकेको थियो।

इजरायली सेनाले हिजबुल्लाहको संरचना नाश गर्नका लागि यो आक्रमण गरेको जनाएको छ। बेरुतको मूल सहरमा भने ७ अक्टोबरपछि पहिलो पटक हवाई आक्रमणमा केही कमी आएको छ।

JPG converted with https://ezgif.com/webp-to-jpg

एकपछि अर्को सिनियर नेताहरूको ज्यान गए पनि हिजबुल्लाहले प्यालेस्टाइनको समर्थनमा इजरायलसँगको लडाइँ जारी राख्ने जनाएको छ। साथै सो सैन्य समूहले हसन नसरल्लाहको उत्तराधिकारी तत्काल चयन गर्ने पनि जनाएको छ।

बेलायतले भने लेबनानमा रहेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर देशमा ल्याउने भएको छ। इजरायलले जमिनमा समेत युद्ध गर्ने जनाएपछि बेलायतले यो घोषणा गरेको हो। इजरायलले पनि लेबनानको सीमामा रहेका आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्कन भनेको छ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ६ : २७ बजे

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ

सरकारका १०० दिन : विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौँ– सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन