बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो « Khabarhub

बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो

होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो ।

टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ ।

होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत भार (लोड) स्वीकृत लिएको छ । त्यसमध्ये अहिले दैनिक रुपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत प्राधिकरण, कावासोती वितरण केन्द्रले जनाएको छ । उक्त उद्योगले मासिक रुपमा ७-८ करोड रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणाअनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो । डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो ।

उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : ५८ बजे

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय