बाढी पसेर क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालय हेर्न पुगे ओली « Khabarhub

बाढी पसेर क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालय हेर्न पुगे ओली


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा शनिबारको बाढीबाट भएको क्षतिको अवलोकन गरेका छन् ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार सिंहदबारमा संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन्।

अविरल वर्षा र बाढीका कारण एमाले केन्द्रीय कार्यालयको भुँइ तलमा पूरै डुबानमा परेको थियो । अहिले पनि एमाले परिसर हिलाम्मे भएको छ ।

बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री क्षतिग्रस्त भएका छन् ।

कार्यालयमा अहिले सरसफाइ चलिरहेको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई महासचिव शङ्कर पोखरेल, केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलगायतले अवस्थाबारे जानकारी गराएका उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : २८ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा