साइबर अपराध नियन्त्रणका लागि चीनले धेरै प्रयास गर्नुपर्छ : फिलिपिनी सिनेटर « Khabarhub

साइबर अपराध नियन्त्रणका लागि चीनले धेरै प्रयास गर्नुपर्छ : फिलिपिनी सिनेटर


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिलिपिन्सकी सिनेटरले अन्तर्राष्ट्रिय साइबर अपराध नियन्त्रणका लागि चीनले अझ धेरै प्रयास गर्नुपर्ने बताएकी छिन् । 

सिनेटर रिसा होन्टिभेरोसले दक्षिणपूर्वी एशियाली मुलुकहरूमा चिनियाँ गिरोहले गैरकानुनी अनलाइन जुवा र ठगीधन्दा चलाइरहेको भन्दै यसको नियन्त्रणका लागि चिनियाँ प्रयास आवश्यक रहेको उल्लेख गरिन् ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले ती मुलुकहरूमा चिनियाँ गिरोहले हजारौँ मानिसहरूलाई बाध्यकारी श्रममा लगाएर गैरकानुनी जुवा खेलाउने र अनलाइन ठगी गर्न प्रयोग गरिरहेको जनाएको छ । सिनेटर होन्टिभेरोसले त्यस्ता गिरोहले अन्तर्राष्ट्रिय विधिको शासनमा चुनौती थपिरहेको भन्दै यस्ता साइबर अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राखिन् ।

हालैमात्र फिलिपिन्सले राजधानी मनिला नजिकै रहेका चिनियाँ जुवाघर बन्द गराएको छ । समाचार संस्था एपीका अनुसार ती क्षेत्रमा अमेरिकी कूटनीतिज्ञ र सैनिक अधिकारीको बसोबास रहेको बताइएको छ ।

फिलिपिन्समा यस्ता कुल ४ सयभन्दा धेरै जुवाघर सञ्चालनमा रहेका छन् । ती जुवाघरमा चिनियाँ र अन्य दक्षिणपूर्वी एशियाली मुलुकका दशौँ हजार श्रमिक कार्यरत छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : १९ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम