चीन-युएई कूटनीतिक सम्बन्धको ४० वर्ष : दिए एकअर्कालाई शुभकामना « Khabarhub

चीन-युएई कूटनीतिक सम्बन्धको ४० वर्ष : दिए एकअर्कालाई शुभकामना


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिनपिङ र संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार दुई देशको कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना सन्देश आदान –प्रदान गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले चीन र संयुक्त अरब इमिरेट्स असल मित्र रहेकाले एक अर्कालाई विश्वास गरी द्धिपक्षिय सहयोगका लागि असल साझेदार रहने बताएका छन् ।

उनका अनुसार कूटनीतिक सम्बन्ध स्थापना भएदेखि चीन–संयुक्त अरब इमिरेट्सले  राजनीतिक विश्वास, विकास र रणनीतिको तालमेल गर्दै विभिन्न क्षेत्रमा सहयोग, सांस्कृतिक आदानप्रदान र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा समन्वय कायम राखेको छ ।

सीले गत मे महिनामा मोहम्मदको चीन भ्रमणको क्रममा दुई राष्ट्र प्रमुखहरू सहमतिमा अर्को चरणमा चीन–युएई सम्बन्ध विकास गर्ने मार्ग तय गरेकोसमेत जनाएका छन् ।

सीले चीन–युएई सम्बन्धलाई आत्मसाथ गर्दै कूटनीतिक सम्बन्धको ४०औँ वार्षिकोत्सवको सन्दर्भमा मोहम्मदसँग थप काम गर्न तयार रहेको जनाएका छन्  ।

आफ्नो सन्देशमा युएईका राष्ट्रपतिले युएई–चीन कूटनीतिक सम्बन्धको ४०औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिँदै दुई देशको निरन्तर विकास र समृद्धिका साथै विभिन्न क्षेत्रमा थप सहयोगको कामना गरेका छन् ।

युएईले सधैँ दुवै देशका जनताको फाइदाका लागि युएई–चीनबीच रणनीतिक साझेदारीलाई सुदृढ गर्दै विकास गर्न प्रतिबद्ध रहेको उनले बताएका छन् ।

सोही अवसरमा चिनियाँ प्रधानमन्त्री ली किआङ र युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले पनि बधाई  तथा शुभकामना सन्देश आदान प्रदान गरेका थिए ।

चिनियाँ प्रधानमन्त्री लीले कूटनीतिक सम्बन्धको वर्षगाँठ दुई देशका राष्ट्र प्रमुख बीचको सहमति कार्यान्वयन गर्ने अवसर भन्दै चीन–युएई रणनीतिक साझेदारीलाई निरन्तर समृद्ध बनाउन संयुक्त अरब इमिरेट्ससँग काम गर्न चीन इच्छुक रहेको बताएका छन्  ।

बधाई तथा शुभकामना सन्देशमा मोहम्मदले युएईले चीनसँग द्विपक्षीय सम्बन्ध सुदृढ बनाइ  विभिन्न क्षेत्रमा सहयोग बढाउन इच्छुक रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ५ : ३३ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ