जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगर दर्शन « Khabarhub

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगर दर्शन


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन सोबार फूलबारी लीला, मङ्गलबार धनुष यज्ञ, बुधबार तीलकोत्सव, मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।

नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताए ।

त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ । महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् ।

सर्वपक्षीय बैठक सम्पन्न
निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गरेका छन् ।

हरेक वर्षझैँ यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ । मुख्यमन्त्री सतीश सिंहका साथै विश्व हिन्दू परिषद्का पदाधिकारीले अयोध्यास्थित श्रीराम मन्दिरका पुजारीलगायत श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई हालै अयोध्याको भ्रमण गरी विवाहपञ्चमीमा सरिक हुन आमन्त्रण गरिसकेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : ५३ बजे

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका