रविलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो « Khabarhub

रविलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई शुक्रबार करिब साढे ६ घण्टा लामो बयान लिइएको थियो ।

शुक्रबार बयान नसकिएकाले उनलाई आज पनि सरकारी वकिलको कार्यालय लगिएको हो । लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवाः र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्धामा रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो ।

 

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : ५४ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज