रविलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो « Khabarhub

रविलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई शुक्रबार करिब साढे ६ घण्टा लामो बयान लिइएको थियो ।

शुक्रबार बयान नसकिएकाले उनलाई आज पनि सरकारी वकिलको कार्यालय लगिएको हो । लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवाः र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्धामा रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो ।

 

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : ५४ बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’