छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात सन्दिग्ध माओवादी लडाकुको मृत्यु « Khabarhub

छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात सन्दिग्ध माओवादी लडाकुको मृत्यु


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीले सात जना सन्दिग्ध माओवादीको हत्या गरेको दाबी गरेको छ ।

तेलङ्गना प्रहरीका अनुसार प्रहरीले सुराकीको आधारमा सशस्त्र लडाकुहरूको खोजी गरिरहेका समय  ‘ग्रेहाउन्ड’का जवान र भारतीय माओवादी समूह (नक्सलवादी) बीच मुठभेड भएको हो ।

घटनास्थलबाट दुई थान एके–४७ राइफल, एक इन्सास राइफलका साथै अन्य हातहतियार, विस्फोटक पदार्थ र दैनिक उपभोग्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

मुलुगु जिल्लाको चालापाका वन क्षेत्रमा बिहान ५ः३० बजे सन्दिग्ध माओवादी लडाकूसँग मुठभेड भएको थियो । एक घण्टाभन्दा बढी चलेको मुठभेडमा सात जना मारिएका थिए ।

उक्त क्षेत्रमा अहिले पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य केही माओवादी घाइते भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ०७ बजे

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

भियना – युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय

जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता

राष्ट्रियसभाबाट संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले